Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठचितवनबाट दाहाललाई प्रधानमन्त्रीको जवाफ: सरकार स्थिर छ, स्थायित्व स्थापित हुन्छ

चितवनबाट दाहाललाई प्रधानमन्त्रीको जवाफ: सरकार स्थिर छ, स्थायित्व स्थापित हुन्छ


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको आधार कमजोर रहेको भन्दै त्यसको पछाडि नलाग्न आग्रह गरेका छन्। शुक्रवार चितवनको इच्छाकामना गाउँपालिकामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठुला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए ?,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक पार्टी एक ठाउँमा आएका हुन्।’

केही दिनअघि चितवन पुगेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा सरकार परिवर्तन हुने दाबी गरेका थिए। उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा आगामी सरकार बन्ने र त्यसलाई माओवादी केन्द्रले बाहिरबाटै वा सरकारमै गएर भए पनि सहयोग गर्ने बताएका थिए।

दाहालले यसो भनिरहँदा कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको गति सुस्त भएको भन्दै आलोचनामा उत्रिएका थिए। जसले सरकार परिवर्तन हुन लागेको आशङ्का पैदा भएको थियो।

यस्तोमा प्रधानमन्त्री ओलीले चितवन पुगेरै दाहालको भनाई खण्डन गरेका हुन्। उनले ढुक्क भएर देश विकासको काममा लाग्न सबैलाई आग्रह पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments