Sunday, April 19, 2026
spot_img
HomeEnglish Newsचेन्नईको विजयी सुरुवात, मुम्बई ४ विकेटले पराजित

चेन्नईको विजयी सुरुवात, मुम्बई ४ विकेटले पराजित

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणअन्तर्गत तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ। आइतबार चेपक स्टेडियममा भएको खेलमा चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १५८ रन जोडेर लक्ष्य भेट्टाएको हो।

चेन्नईका कप्तान ऋतुराज गायकवाडले ५३ रनको संयमित पारी खेले भने रचिन रवीन्द्रले अविजित ६५ रनको उत्कृष्ट इनिङ्स खेल्दै टिमलाई जित दिलाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन जोडेको थियो। मुम्बईका तर्फबाट तिलक वर्माले ३१ रन, कप्तान सूर्यकुमार यादवले २९ रन र दीपक चाहरले अविजित २८ रनको योगदान दिए।

चेन्नईका नूर अहमद घातक बने। उनले चार ओभर बलिङ गर्दै ४ विकेट झारे भने खलील अहमदले ३ विकेट हात पारे।

योसँगै लगातार १३ औं सिजन मुम्बई इन्डियन्स पहिलो खेलमा पराजित भएको छ।

प्रकाशित: १० चैत्र २०८१ २३:३१ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments