पाँचथर । साझा उम्मेदवार टेकबहादुर सुब्बाले परिवर्तन पार्टी र उज्यालो नेपालको एकीकरणपछि आफू निर्वाचन जित्नु आवश्यक रहेको स्पष्ट पारेका छन्। उनले भने, “जेन्जि आन्दोलनको मर्म र भावना अनुसार काम गर्ने भएकाले यो जीत अनिवार्य छ।”
सुब्बका अनुसार उज्यालो नेपाल र परिवर्तन पार्टी बीचको एकीकरण केवल दलगत गठबन्धन नभई आन्दोलनको आदर्श र मर्मलाई व्यवहारमा उतार्ने कदम हो। उनी जेन्जि आन्दोलनका घाइते र शहीद परिवारको सम्मान, अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्ने एजेन्डामा दृढ छन्।
“यो मेरो व्यक्तिगत जित होइन, आन्दोलनको मर्मको जीत हो। जनताको समर्थनले मात्र हामीले बलिदानको मूल्यलाई राजनीतिक उपलब्धिमा बदल्न सक्छौं,” उनले थपे।
एकीकृत दलले सुशासन, पारदर्शिता, युवा सहभागिता, रोजगारी सिर्जना र स्थानीय विकासलाई प्राथमिक एजेन्डा बनाएको जनाएको छ। हाल दुवै पार्टीका कार्यकर्ता संयुक्त रूपमा प्रचार अभियानमा सक्रिय रहेका छन्।
भिडियो




