Thursday, April 23, 2026
spot_img
HomeEnglish Newsझापामा पाँचथरका एक सहित दुई जना सुगरको कारोबारी पक्राउ

झापामा पाँचथरका एक सहित दुई जना सुगरको कारोबारी पक्राउ

झापा । झापाको दुई अलग अलग स्थानबाट ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापाको काँकरभिट्टा र कचनकवलबाट ब्राउन सुगरको कारोबारी पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको सिमावर्ती कचनकवल गाउँपालिकाको बनियानी चोकमा आज बिहान १०ः४५ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उतरतर्फ आउँदै गरेको बीआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकलमाथि चेकजाँच गरेको थियो ।

 

मोटरसाइकल चालक कचनकवल गाउँपालिका बस्ने २८ वर्षीय कासिम मियालाई टुल बक्सभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकसहित ४९ ग्राम ५९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । मियालाई थप अनुसन्धान कार्य जारी रहेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

 

यसैगरी, आज दिउँसो ३ः४० बजे मेचीनगर ६ स्थित मेची पुलमा सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३४६३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो ।

 

सशस्त्र प्रहरीको शिकारी कुकुरको सहयोगमा चेकजाँच गर्दा पाँचथर कुम्मायक गाउँपालिका ३ बस्ने २९ वर्षीय अइन्द्रविक्रम खड्काले मोटरसाइकलको ट्यांकीमा लुकाई छिपाई ल्याएको २७ ग्राम १३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

लागूऔषध, मोटरसाइकल र खड्कालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कार्बाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments