Homeगृहपृष्ठतुलसीपुरमा सीसीटीभी क्यामेरा जडान गर्न मुक्तिनाथ विकास बैंकको सहयोग

तुलसीपुरमा सीसीटीभी क्यामेरा जडान गर्न मुक्तिनाथ विकास बैंकको सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले दाङको तुलसीपुर बजारमा सीसीटीभी क्यामेरा जडान गर्न आर्थिक सहयोग गरेको छ । बैंकले तुलसीपुर उद्योग वाणिज्य संघलाई सीसीटीभी क्यामेरा जडान गर्नका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।  

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनय केसी, तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख उपस्थित रहेको कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले उक्त रकमको चेक हस्तान्तरण गरे । 

अपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरण र पहिचान गर्न बजारका विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गर्न आर्थिक सहयोग गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । 

तुलसीपुर उद्योग वाणिज्य संगले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान सञ्चालन गरिरहेको छ । यस अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानीय जनतामा समेत सुरक्षाको प्रत्याभुति मिल्ने बैंकको विश्वास छ ।  

बैंकले साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । 

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा लगायत सेवाहरू घरबाटै लिन सकिने व्यवस्था गरेको जनाएको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments