Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठतेस्रो दिन बराहक्षेत्र-८ र १ विजयी

तेस्रो दिन बराहक्षेत्र-८ र १ विजयी


बराहक्षेत्र-७ स्थित वसन्त ऋतु माविको खेलमैदानमा जारी तेस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो दिनको चौथो र पाँचौ  खेलमा बराहक्षेत्र-८ र १ विजयी भएका छन् । 

आज मङ्गलबार भएको पहिलो खेलमा बराहक्षेत्र-७ विरुद्ध १-० गोल अन्तरले बराहक्षेत्र-८ विजयी भएको छ । जितका लागि म्यान अफ द म्याच सगेन राईले निर्णायक गोल गरेका थिए । उनलाई इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले नगद २ हजार १ सय रुपैयाँसहित ट्रफी हस्तान्तरण गरे । 

आजै भएको पाँचौ खेलमा बराहक्षेत्र-६ लाई २-१ गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र-१ ले दुई खेलमा पहिलो जित दर्ता गरेको छ । 

जितका लागि म्यान अफ द म्याच अमिन श्रेष्ठले २ गोल गरेका थिए । उनलाई बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापाले नगद २ हजार १ सयसहित ट्रफी हस्तान्तरण गरे । 

आइतबार वडा नम्बर ५ सँग २-० गोल अन्तरले पराजय बेहोरेको १ नम्बर वडाले दोस्रो खेलमा वडा नम्बर ६ विरुद्ध पहिलो जित निकालेको हो । वडा नम्बर ६ ले आफ्नो दोस्रो खेल वडा नम्बर ५ विरुद्ध आगामी फागुन १६ गते र तेस्रो खेल आगामी १८ गते वडा नम्बर १० विरुद्ध खेल्ने छ । वडा नम्बर १ ले भने समूहचरणको अन्तिम खेल वडा नम्बर १० विरुद्ध आगामी फागुन १६ गते खेल्नेछ । 

भोलि बुधबार हुने पहिलो खेलमा वडा नम्बर ५ र १० भिड्ने छन् भने दोस्रो खेल वडा नम्बर ११ र वडा नम्बर ४ बीच हुने आयोजकले जानकारी दिएको छ । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments