Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठस्कुलमा कविताको फाइनल फागुन २४ गते, निर्णायक घोषणा

स्कुलमा कविताको फाइनल फागुन २४ गते, निर्णायक घोषणा


स्वर्णिम साहित्य समाज वराहक्षेत्रद्वारा आयोजना भइरहेको स्कुलमा कविता सिजन-२ को फाइनल प्रतिस्पर्धा आगामी फागुन २४ गते हुने भएको छ । प्रतियोगिताको अन्तिम निर्णायक घोषणा गरिएको छ । 

अडिसनमार्फत छनोट भएका बराहक्षेत्रका माध्यमिक विद्यालयबाट प्रतिनिधित्व गरेका उत्कृष्ट १० विद्यार्थी कविहरुको फाइनल प्रतिस्पर्धालाई कविहरु सुदीप पाख्रिन, देवान किराती र टीका आत्रेयले मूल्याङ्कन गर्ने छन् । 

स्कुलमा कविताका विजेताले नगद १० हजार रुपैयाँका साथमा ट्रफी, प्रमाणपत्र र पुरस्कारहरु प्राप्त गर्नेछन् । यस्तै दोस्रो , तेस्रो र चौथो हुनेले क्रमशः  ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् ।

बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा फाइनल प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगिता बराहक्षेत्र वडा नम्बर ५ को सभाहलमा हुनेछ । 

गत माघ ५ गतेदेखि सुरु भएको प्रतिस्पर्धामा छनोट भएका १० प्रतियोगीमध्येबाट एक जना यो वर्षको स्कुलमा कविताको विजेता घोषणा गरिने अध्यक्ष प्रकाश दिप्साली राईले जानकारी दिए । 

फाइनल प्रतियोगिताका लागि समाजले घोषणा गरेका निर्णायकहरु नेपाली कविता विधामा ख्याति प्राप्त कविहरु हुन् । 

टीका आत्रेय राष्ट्रिय कविता महोत्सव विजेता हुन्  भने उनका रचनाहरु पाठ्यक्रमहरुमा समेत समावेश छन् । विभिन्न कृतिहरु प्रकाशित छन् ।

अर्का निर्णायक कवि देवान किराँती नेपाली कवितामा विशिष्ट मानिन्छन् भने नेपाली कविताप्रति स्पष्ट दृष्टिकोण राख्ने कविको रुपमा परिचित छन् ।  उनको ‘हुरीमा नाचिरहेको ईश्वर’ कविता कृति प्रकाशित छ ।

निर्णायक  सुदीप पाख्रीन लामो समयदेखि धरानमा रहेर कविता कर्म गरिरहेका कवि हुन् ।  उनले विशिष्ट पुरस्कारहरु समेत प्राप्त गरेका छन् भने उनको कविता कृति ‘आदिम आदिम मौनता’ र ‘दगुरीहिड्ने चौबाटो’ कविता कृति प्रकाशित छन् । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments