Homeगृहपृष्ठदेश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव 

देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव 


    काठमाडौं । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन । फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले आज काठमाडौंमा गरेको नेपाल– चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक छलफलमा उनीहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेकोबेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने बताए । 

sujha2-1740209513.jpg

संस्थाका अध्यक्ष शोभित उप्रेती, सूचना प्रविधि विज्ञ वसन्त वन, अर्थविद डा.केशव बस्याल, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली लगायतले छिमेकीको विकासको मोडल हेरेर नेपालले पनि सोहीअनुसार विकासको मोडल तयार पार्नुपर्ने धारणा राखे । 

नेपालले सूचना र प्रविधि, सडक लगायतका भौतिक पूर्वाधार, विद्युत, ट्रान्समिसन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा छिमेकीको पर्याप्त सहयोग लिनसक्नुपर्ने उनीहरुको भनाइ छ । छिमेकी मुलुकसँग सम्बन्ध बलियो पार्न आपसी भेटवार्ता, द्विपक्षीय भ्रमण, एक अर्काको सुरक्षा तथा आर्थिक चासोका विषयमा भने चनाखो रहनुपर्ने उनीहरु बताउँछन ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १३:१८




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments