HomeNepal Embassy KWनेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठलाइ नाइजेरियामा बिशेष सम्मान

नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठलाइ नाइजेरियामा बिशेष सम्मान


काठमाडौँ – नेपाल खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ पश्चीम अफ्रिकी मुलुक नाईजेरियामा हुन गईरहेको कार्याक्रम मा जाँदै हुनुहुन्छ जहाँ विश्व शान्ती संस्थान र नाईजेरियान सरकारद्वारा संयुक्तरुपमा आयोजना हुने छ ।


“कृषि क्रान्तिको माध्यमबाट युवा सशक्तिकरण मा नेपाल नाइजेरिया साझेदारी” विशेषलाई मध्यनजर गरि ” ओसुन राज्यमा ठूलो पर्यटनको संभावना मा युवाको सनलङ्नता “मा नाईजेरियाका गभर्नर अग्बेनी अब्दुल अदेसोजी अरेग्बेसुला ,पुर्ब युवा तथा खेलकुद मन्त्री तथा सेवारत संसद डा.रसिद पेल्पुव ,बक्ता प्रोफेसर अल्फ्रेडो मोनोसा लोबो (फिलिपिन्स ),सुज्जत हुसेन (भारत) ,द वर्ल्ड फोरुम बाट डा.मोहसत हुसेन र विश्व शान्ति संस्थाको कार्याकारी अध्यक्ष कम्रेड लमिना कमिलुद्दिन ओमोटोयोसी हुनेछन ।

विशेष अतिथिको सम्मान नेपाल खाद्य बैंक लिमिटेडका अध्यक्ष रामराजा श्रेष्ठ लाई हुने जनाइएको छ । तेसैगरी त्यो कार्याक्रममा डा मोसरफ हुसैन लाई अतिथिको सम्मान दिइनेछ । ओसुन राज्यका पुर्ब राजा ओवा अकादरी गोबादेकिजेद्वारा प्रदान गरिने बिबिध सम्मान र चिफ्टेन्सि र कार्यक्रम गरेको हो उक्त सम्मान थाप्न २४ जुलाईको दिन ७ जना नेपाली सदस्यमण्डलको नेतृत्व गर्दै श्रेष्ठ नाईजेरिया प्रस्थान गर्दैछन। कार्यक्रमा नाइजेरिया र अन्य रास्ट्रका १५०० जना युवाहरु सहभागी हुँदै छन ।

\

नेपालमा खाद्य सुरक्षाको क्षेत्रमा उल्लेखनिय योगदान गरेवापत श्रेष्ठलाई नाईजेरिया सरकारले उक्त सम्मान दिने भएको हो। १५ जुलाईका दिन उनले नाईजेरियाका राजाद्वारा उक्त सम्मान थाप्ने कार्यक्रम रहेको छ। श्रेष्ठले नाइजेरीयाका पुर्बराजावाट चिफटेन्सि सम्मान पाँउदैछन् । निकै कम मान्छेले मात्र पाउने उक्त सम्मान पाए पछि सम्मानित ब्याक्ति नाइजेरीयाको रोयल परिवारको सदस्यको हैसियत बराबर हुने बताइन्छ ।


भ्रमणका दौरान नाइजेरीया सरकार र खाद्य बैंकविच ब्यापार सम्झौता हुने र उक्त सम्झौता पश्चात लगानीको बाताबरण सिर्जना हुने श्रेष्ठको दाबी छ । सम्झौता लगतै २ करोड ५० लाख अमेरिकन डलर बराबरको लगानी गर्ने तयारी गरेको श्रेष्ठ बताँउछन् । कुल लगानीको ५१ प्रतिसत नाइजेरीयन जनता साथै त्यहाको सरकार र ४९ प्रतिसत खाद्य बैंकले लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर हुने श्रेष्ठ बताउछन् ।

श्रेष्ठका अनुसार सम्झौताले क्षमता अभिबृद्दि, प्रबिधि हस्तान्तरण, उत्पादन, खाद्य भण्डारण, गुणस्तर जाँच र कृषि पर्यटनमा लगानी गर्न दुबै पक्षलाइ बाटो खुल्ला गर्नेछ । कार्यक्रमको बीबीसी , सीएनएन लगायतका अन्तराष्ट्रिय संचार माध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments