Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsनेपाल र थाइल्याण्डका प्रधानमन्त्रीबीच बैङ्ककमा महत्त्वपूर्ण भेटवार्ता

नेपाल र थाइल्याण्डका प्रधानमन्त्रीबीच बैङ्ककमा महत्त्वपूर्ण भेटवार्ता

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई पनि थिए।

त्यसअघि थाइल्याण्डको सरकारी भवनमा शिनावातले ओलीलाई स्वागत गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। साथै, दुई देशका गैरसरकारी र व्यावसायिक संस्थाबीच छवटा सहमतिपत्र आदानप्रदान हुने छन्।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि ओली शिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन्। आजै ओलीले थाइ नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ। रासस

प्रकाशित: २० चैत्र २०८१ १०:४० बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments