Thursday, April 16, 2026
spot_img
HomeEnglish Newsनेप्सेमा नयाँ वर्षको सकारात्मक सुरुवात, २७.१४ अंकको वृद्धि

नेप्सेमा नयाँ वर्षको सकारात्मक सुरुवात, २७.१४ अंकको वृद्धि

नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक संकेत देखिएको छ।

नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि उल्लेख्य वृद्धि भई ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ पुगेको छ।

गत आइतबार २०८१ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा झरेको थियो।

सो दिन ६ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। मंगलबार भने कारोबारमा आएका ३२० कम्पनीका २ करोड १८ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.०७ अंक, फ्लोट इण्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंकले बढेको छ। १३ उपसमूहमध्ये ११ वटाको परिसूचकमा वृद्धि भएको छ।

लगानी उपसमूहको परिसूचक २.७१ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतले उकालो लागेको छ।

वित्त, जलविद्युत, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा माथि बढेको छ। यद्यपि, व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

मंगलबार पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका शेयर सर्किट लेभलमा पुगेका छन्। गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि साढे ५ प्रतिशतले बढेको छ।

यता, बाराही हाइड्रोपावरको शेयरमूल्य भने ९.६९ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा बाराही हाइड्रोपावर नै अगाडि रह्यो, जसको २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: २ वैशाख २०८२ १५:४३ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments