Skip to main content

Rd Creation

पदाधिकारी चयनमा रवि लामिछानेलाई किन सकस ?

काठमाडौँ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनपछि नेताहरुको वरियताक्रम अध्यावधिक गरेको छ । रास्वपाको आधिकारिक वेवसाइटमा सभापति, पदाधिकारीदेखि नवनिर्वाचित सबै केन्द्रीय सदस्यहरुको विवरण उल्लेख गरिएको छ । अध्यावाधिक विवरण अनुसार सभापति रवि लामिछाने वरियताको पहिलो नम्बरमा छन् । यस्तै दोस्रोमा अर्थमन्त्रीसमेत रहेका उपसभापति स्वर्णिम वाग्ले, तेस्रोमा कानूनमन्त्रीसमेत रहेकी महिला उपसभापति सोविता गौतम, त्यस्तै महामन्त्री विपिन आचार्य चौँथो, प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका सह–महामन्त्री अशिम शाह पाँचौँ, सह–महामन्त्री हरि ढकाल छैटौँ, सह–महामन्त्री निशा डाँगी सातौँ, परराष्ट्रमन्त्री समेत रहेका केन्द्रीय सदस्य शिशिर खनाल आठौँ र अर्का केन्द्रीय सदस्य सागर ढकाल नवौँ वरियतामा छन् । तर अध्यावधिक विवरणमा वरिष्ठ नेता बालेन शाहको नाम भने देखिँदैन । यो सँगै उनको नाम वेवसाइटमा किन समेटिएनन् ? भन्ने कौतुहलता बढेको छ । 

Advertisements

बालेनको नाम किन छैन वेवसाइटमा ? 

निर्वाचन अघि बालेन रास्वपाको विधान नै परिवर्तन गरेर वरिष्ठ नेता भएका थिए । तर उनी हाल प्रधानमन्त्री साथै वरिष्ठ नेता भएपनि उनको नाम रास्वपाले अध्यावधि गरेको छैन। किनकी उनी अहिलेसम्म केन्द्रीय सदस्य मनोनीत हुन बाँकी नै छ । पदाधिकारी बन्न पहिले केन्द्रीय सदस्य हुनुपर्ने रास्वपाको विधानले उल्लेख गरेको छ । चितवन महाधिवेशनमा बालेनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिएनन् । सम्भवतः बालेन अब केन्द्रीय सदस्यमा मनोनीत भएपछि मात्रै आधिकारिक रुपमा वरिष्ठ नेता बन्नेछन् । यसपछि पार्टीमा उनको वरियता वरिष्ठ नेतासहित दोस्रोमा कायम हुनेछ ।

केन्द्रीय सदस्य छान्न रविलाई सकस 

परिमार्जित विधान अनुसार रास्वपा सभापति रवि लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य र दश पदाधिकारी मनोनित गर्ने अधिकार छ । तर महाधिवशेन सम्पनन भएको एक महिना हुन लाग्दा पनि रविलाई यी पदाधिकारीहरु मनोनयन गर्न सकेका छैनन् । यसअघि असारभित्रै यी सबै केन्द्रीय सदस्य र पदाधिकारीको नाम फाइनल गर्ने तयारी भएपनि साउन लाग्दासमेत रविले यो विषय टुंगो लगाउन सकेका छैनन् । यसका लागि रविले प्रधानमन्त्रीसमेत रहेका बालेन शाह र अन्य नेताहरुसँग पनि छलफल गरेका छन् । अघिल्लो साता बालेन रविलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । सो भेटमा रवि र बालेनबीच केन्द्रीय सदस्य मनोनयनको विषयमा सामान्य छफफल भएको थियो ।  यसपछि रवि आँफैले सिंहदरबार पुगेर पनि बालेनसँग छलफल गरेको बताएका थिए ।

तर पनि दुई नेताबीच केन्द्रीय सदस्य, पदाधिकारी र सचिवालय सदस्य चयनाबारे निश्कर्ष निकाल्न सकेका छैनन् । मुख्यतः केन्द्रीय सदस्यमा पराजित नेता पनि मनोनितको आशामा रहेको तथा विभिन्न समूह समाहित भएर आएको नेताहरुको व्यवस्थापन गर्नुपर्ने बाध्यता रविमा देखिन्छ ।

बालेनको कारण पनि ढिलाई 

५१ केन्द्रीय सदस्यसहित रविले अब १० पदाधिकारी र १८ भन्दा बढी सचिवालय सदस्य मनोनीत गर्न गर्ने तयारी गरेका छन् । तर यो एकलौटी निर्णय गर्नुभन्दा बालेन शाहसँग सल्लाह गरेर अघि बढेमा पार्टी मजबुद र सन्तुलन हुने रविको ठम्याइ छ । तर यहीबीचमा सुकुम्बासीको व्यवस्थापन, आत्मदाह प्रकरणसँगै सरकारप्रति नागरिक असन्तुष्टि बढ्यो । यसपछि बालेन यसको न्यूनीकरणमा लाग्दा पार्टीको विषयमा रवि बालेनबीच छलफल हुन सकेन । जसका कारण पनि मनोनयनको निर्णयमा ढिलाइ भएको दावी गरिएको छ ।

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई केन्द्रीय सदस्य र पदाधिकारी चयनमा ठूलो चुनौती भएको छ। यसै क्रममा नेता बालेन शाहलाई ‘वरिष्ठ नेता’ मा मनोनीत गर्ने प्रक्रिया पनि रोकिएको हो।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.