
पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उच्च अदालतमा बिहीबार तोकिएको पेसी स्थगित भएको छ ।
गत चैत २२ गते उच्च अदालत दाङ तुलसीपुरको आदेशसँगै रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा लामिछाने भैरहवा कारागार चलान भएका छन् । पोखरामा भने लामिछानेविरुद्ध थप एउटा सम्पत्ति शुद्धीकरणको पनि मुद्दा छ । लामिछाने गत पुस २५ गते जिल्ला अदालतको आदेशबमोजिम ६५ लाख रुपैयाँ धरौटी बुझाएर ८४ दिनपछि रिहा भएका थिए । त्यसका विरुद्ध सरकारी वकिल र लामिछाने दुवै उच्च अदालत पुगेका थिए । जसको पेसी बिहीबार तोकिएको थियो ।


गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित धरौटीमा रिहा भएका सातजनाविरुद्धको पेसी स्थगित भएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले गत पुस २५ मा रविसहित छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ, आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





