Saturday, April 18, 2026
spot_img
Homeगृहपृष्ठपोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा अर्थ मन्त्री र पोखरा...

पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा अर्थ मन्त्री र पोखरा नगरप्रमुख घाइते



पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटादा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष लेखिएको व्यानरलाई आकाशमा उडाउन प्रयोग भएको ग्याँस भरिएको बेलुनमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन ।  बेलुनको आगो पौडेल र आचार्यको टाउकोमा खस्दा आचार्यको देब्रे गाला र कपाल डढेको छ भने पौडेलको कपाल डढेको छ । दुबै जनालाइ उपचारका लागि अस्पताल पुराइएको छ ।

डिजिटल रुपमा स्विच थिचेर स्वत पानसमा बत्ती बलेको थियो । सोहि बत्तीबाट बेलुनमा आगो लागेको थियो ।  


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments