Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsप्रधानमन्त्रीले सुनाए कविता

प्रधानमन्त्रीले सुनाए कविता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सांस्कृतिक विविधता र सम्पदाको संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

उनले हिमवतखण्डको सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको असाधारण महत्त्व रहेको बताउँदै पुरातन सम्पत्ति र ज्ञानको पेटेन्ट राइट्सको संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१’ को समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमवतखण्ड हाम्रो सभ्यता, इतिहास, कला र साहित्यको मिलन बिन्दु भएको बताए। उनले हिमवतखण्डको पहिचानलाई संरक्षित गर्दै अगाडि बढाउने साझा संकल्प गर्नुपर्ने धारणा राखे।

कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले समारोहमै रचना गरिएको कविता वाचन गर्दै हिमवतखण्डको गौरवगाथा गाए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सशक्त रूपमा अगाडि बढाउने संकल्पलाई केन्द्रमा राखेर आफ्नो कविता प्रस्तुत गरेका थिए। समापन सत्रमा छानिएका कविहरूले पनि आफ्ना कविता वाचन गरेका थिए।

नेपाल र विदेशका गरी करिब पाँच सय स्रष्टाको सहभागिता रहेको यस सम्मिलनले ‘काठमाडौं घोषणापत्र’ जारी गरेको छ। तीन दिनसम्म चलेको कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक विषयमा छलफल भएको थियो।

यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मेलनको उद्घाटन गरेकी थिइन्।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments