Homeगृहपृष्ठफिदिममा शान्ति लिम्बूको एकल कविता वाचन RD Creation

फिदिममा शान्ति लिम्बूको एकल कविता वाचन RD Creation


पाँचथर – साहित्यकार शान्ति लिम्बूको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ एकल कविता वाचन सदरमुकाम फिदिममा सम्पन्न भएकाे छ । साहित्यकार लिम्बूले आफ्ना आधा दर्जन कविता  प्रस्तुत गरेकी थिइन् । याक्थुङ लेखक स‌‌घ पाँचथर  आयाेजनामा भएकाे कार्यक्रममा साहित्यकार तथा याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष प्रकाश थाम्सुहाङ्ले धुप बालेर उद्घाटन गरेका कार्यक्रम लाइ कठुवा मा राखेको रक्सि तितेपातिले छर्केर सेसे साङ्साङ गरेका थिए ।

साहित्यकार थाम्सुहाङले कविता ‘वाचन’मा जीवन्त रहने उल्लेख गरे । उनले मानिसको गतीशील जीवन भए पनि आफ्नो जरा भूल्न नहुने बताए । साहित्यकार लिम्बूका कवितामा आफ्नो थातथलोको सम्झना रहेको थाम्सुहाङले बताए ।

‘बेलायत पुगेर पनि शान्तिले आफ्नो जरा भुल्नु भएको रहेनछ भन्ने दृष्टान्त उहाँका कविताहरू सुनेर हामीलाई बोध भो, थेम्समा पुगेर पनि तमोरलाई सम्झना गर्नु भनेको आफ्नो जरा नभुल्नु हो ।’ साहित्यकार थाम्सुहाङले भने ।

नुनाम केरुङ, पवित्रा प्रयत्न, गजेन्द्र राई, शङ्कर आत्मालगायतका कविहरूले साहित्यकार लिम्बूका कविता प्रस्तुत गरे ।

साहित्यकार लिम्बूका प्रस्तुत कवितामाथि समीक्षक समदर्शी, काइँला, प्रेम ओझालगायतले समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरे ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments