HomeEnglish News‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

नेपालका विविध क्षेत्रसम्बन्धी तथ्याङ्क र विश्लेषण समेटिएको वार्षिक पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक गरिएको छ।

फ्याक्ट्स रिसर्च एण्ड एनालाइटिक्स (फ्याक्ट्स नेपाल) द्वारा तयार गरिएको यो पुस्तकको यो १० औं संस्करण हो।

पुस्तकमा नेपाल प्रोफाइल, प्रादेशिक प्रोफाइल, आर्थिक, सामाजिक र पूर्वाधार क्षेत्र लगायतका विषयमा तथ्याङ्क र इन्फोग्राफिकमार्फत विस्तृत विश्लेषण गरिएको छ।

यस संस्करणमा विशेष रूपमा २०७२ को भूकम्प र कोभिड–१९ महामारीपछि मुलुकका विभिन्न क्षेत्रमा परेको प्रभावसम्बन्धी तथ्याङ्क पनि छुट्टै खण्डमा प्रस्तुत गरिएको छ।

कुल ८ खण्ड र ६४ उपखण्डमा विभाजित पुस्तकले पाठकलाई नेपालका प्रमुख क्षेत्र तथा प्रवृत्तिको गहिरो अध्ययन र विश्लेषणका आधारमा तयार पारिएको डेटा प्रदान गर्ने बताइएको छ।

फ्याक्ट्स नेपाल सन् २०१२ देखि अनुसन्धानमूलक काम गर्दै आइरहेको स्वतन्त्र संस्था हो। यस संस्थाले विभिन्न तथ्याङ्क र विश्लेषणलाई सामाजिक सञ्जाल, छापा तथा अनलाइन मिडिया, टेलिभिजन र जर्नलहरमार्फत सार्वजनिक गर्ने काम गर्दै आएको छ।

पुस्तकको मूल्य पाँच सय रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: ४ वैशाख २०८२ २०:२३ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments