Thursday, April 16, 2026
spot_img
HomeEnglish News'बर्सेनि १८ अर्बको इन्जेक्टेबल औषधी आयात'

‘बर्सेनि १८ अर्बको इन्जेक्टेबल औषधी आयात’

वीरगञ्ज । नेपालमा बर्सेनि १८ अर्ब रुपैयाँभन्दा बढीको इन्जेक्टेबल औषधी आयात भइरहेको उत्पादकहरूले बताएका छन् । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा एउटा औषधी उत्पादक कम्पनीका सञ्चालकहरूले यस्तो जानकारी दिएका हुन् । 

आगामी वैशाखदेखि इन्जेक्टेबल औषधी उत्पादनको तयारी गरिरहेको म्याग्नस फार्मा प्रालिका प्रबन्ध निर्देशक सुधीरप्रकाश मास्केले नेपालमा अहिले यस्ता औषधीको ९० प्रतिशत बजार हिस्सा आयातित औषधीले ओगटेको दाबी गरे । 

‘नेपालको औषधी बजार ६० अर्ब रुपैयाँको हाराहारीमा छ । त्यसमा ३० अर्ब रुपैयाँजतिको औषधी आयात हुन्छ । आयातितमध्ये पनि १८ अर्बभन्दा बढीको त इन्जेक्टेबल औषधी नै आयात हुन्छ,’ उनले भने । स्वदेशमा सञ्चालित ७६ उद्योगमध्ये ४ ओटाले मात्रै इन्जेक्टेबल औषधी उत्पादन गर्दै आएको जानकारी उनले दिए । 

म्याग्नसले वीरगन्ज–पथलैया औद्योगिक करिडोरस्थित उद्योगमा १ अर्ब रुपैयाँको लगानीमा इन्जेक्टेबल प्लान्ट थपेको र आगामी वैशाखदेखि उत्पादन शुरु गर्ने लक्ष्य राखिएको उद्योगका वित्तीय निर्देशक विनित लोहियाले जानकारी दिए । 

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments