Wednesday, April 15, 2026
spot_img
Homeशिक्षाभोजपुर नगरपालिका-१ को सिंहदेवि माबिमा इ-हाजिरि

भोजपुर नगरपालिका-१ को सिंहदेवि माबिमा इ-हाजिरि

 

 

 

 

आर डि क्रीएशन/ अक्टोबर २५। दुनियामा बिज्ञानको उच्च उभयोगसंगै भोजपुर नगरपालिका-१ भामराङको शिंह देवि माबिमा इ-हाजिरी सुरु गरिएको छ। शिक्षकहरुको लापरबाहीले देशैभरी अध्यन गरिरहेका लाखौं विद्यार्थीहरुको जीवन अन्धकारतिर दौडिरहेको हुन्छ। शिक्षकहरु शिक्षण पेशालाइ पनि पेवा जस्तै गरि ओगटिरहने र अन्य विभिन्न संघ संगठन तिर आवद्ध हुँदै बिद्यलयामा कम उपस्थित हुँदा लाखौंको संख्यामा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने गर्दछ। त्यत्ती मात्रै होइन, विद्यार्थीहरु पनि घरबाट स्कुल जान्छु भनेर निस्कने तर स्कुल नगै बाटैमा खेल्ने, फिल्म हेर्न जाने वा लागू औषध तिर लाग्ने गर्नले विद्यार्थीहरुको पठनपाठनमा ब्रभाव परेको देखिन्छ।

केही बर्षयता मात्रै प्राबी पछि निमाबी हुँदै माबी पठन पाठन हुन थालेको सिंहदेवी माबी भामराङले धेरै जसो SEE को परिक्षामा निल खाने गरेका छन। विद्यार्थी र शिक्षकको दैनिक हाजिरिका लागि यो इ-हाजिरी भित्राउन परेको भोजपुर नगरपालिका एकका अध्यक्ष बिश्नु भुजेलले बताएका छन। यसो गरेमा विद्यार्थी र शिक्षकको दैनिक हाजिरी हुने र पठन पाठनमा सुधार हुँदै शिक्षण स्तरको उन्नती हुने त्यहाँका स्थानिया बासिले विश्वास गरेका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments