पाँचथर– प्रतिनिधि सभा चुनावका लागि पाँचथरका मतदान स्थलमा कर्मचारी, निर्वाचन सामाग्रि र सुरक्षाकर्मी पुगेका छन् । मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार सबै मतदान अधिकृतले सामाग्री बुझेर लगिसकेका छन् ।
मतदान स्थलमा प्रयोग गरिने ५१ किसिमका समाग्रि सहित बुझेर लगेका छन् । मतदान स्थलमा देखिने मतपेटिकाका अलवा धागो, सियो, खाप्सियो मतपत्र र मतपेटिका, मतपेटिका सुरक्षा सिल, लाहा, पित्तलको छाप जस्ता सुरक्षा सामाग्रीको प्रयोग हुन्छ । यस्तै
स्वस्तिक छाप (रबर र काठ), मार्कर पेन, स्ट्याम्प प्याड, मसी, र विभिन्न प्रकारका खामहरू जस्ता स्टेशनरी प्रयोग हुन्छ । मतदाता नामावली ९अन्तिम सूची०, मतदान निर्देशिका २०७९, र विभिन्न फारम तथा अनुसूचीहरू समेत प्रयोग हुन्छ । सुतली, सियो, धागो, कैंची, ग्लुस्टिक, र मत संकेत गर्ने गोप्य कक्ष बनाउन आवश्यक पर्ने कपडा तथा डोरीहरू प्रयग गरिन्छ ।
पाँचथरको दक्षिणी दुदिम्बाको टोखादेखि उत्तरी याङवरकको बेतनीसम्मको मतदान केन्द्रमा मतदान सामाग्री, सुरक्षाकर्मी र कर्मचारी पुगेका छन् । १ सय २ मतदान स्थलका अस्थायी सहित १ सय ८० केन्द्र रहेका छन् । मतदान स्थल पुगेर सूचना प्रकाशन समेत गरीसकेको मास्केले जानकारी दिए । उनका अनुसार भोली सर्वदलिय बैठक बस्ने छ ।
६० वटा वार्डमा फैलिएको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा चुनाव गराउन १ हजार ८० कर्मचारी खटिएका छन् ।
पाँचथरका २९ मतदान स्थल अति संवेदनशिल रहेका छन् । ६६ संवेदनशिल छन् भने १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन् ।




