Monday, April 20, 2026
spot_img
HomeEnglish Newsरविले घरमै मनाउँदा अरु रास्वपा नेताले मनाए कार्यालयमा होली

रविले घरमै मनाउँदा अरु रास्वपा नेताले मनाए कार्यालयमा होली

पूर्वउपप्रधान, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घरमै होली मनाएका छन्।

सहकारी ठगीसम्बन्धी मुद्दा सकेर आराम गरिरहेका लामिछानेले घरमै श्रीमती निकिता पौडेल लामिछानेसँग होली मनाएका हुन्।

निकिताले श्रीमान् लामिछानेसँगको केही तस्बिर सार्वजनिक गरेकी छन्। त्यहाँ उनले लेखेकी छन्, ‘मायाको रङ्ग’। 

रास्वपाका अरु नेताहरूले भने पार्टी मुख्यालय वनस्थली, च:मतिमा होली मनाएका छन्। रास्वपाले पार्टी मुख्यालयमै ‘होली मिलन’ कार्यक्रमको आयोजना गरेको थियो।

त्यहाँ अरु नेताहरूले रङ खेलेर खुसी साटेका छन्।

प्रकाशित: २९ फाल्गुन २०८१ १८:४७ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments