HomeEnglish Newsराष्ट्रिय सभाको बैठक आज, विभिन्न विधेयकमाथि छलफल हुने

राष्ट्रिय सभाको बैठक आज, विभिन्न विधेयकमाथि छलफल हुने

संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक मध्यान्ह सवा १२ बजे सुरु हुनेछ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेको प्रतिनिधि सभाबाट सन्देशसहित आएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि छलफल हुनेछ। उनले यो विधेयकमाथि विचार गरियोस् भनेर प्रस्ताव राख्नेछन्। 

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित आएको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेस गर्नेछन् र त्यसमाथि विचार गरियोस् भनेर प्रस्ताव राख्नेछन्। 

त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित आएका ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भनेर प्रस्ताव पेस गर्नेछन्। यी सबै कार्यसूची बैठकमा समावेश छन्।

प्रकाशित: १० चैत्र २०८१ ०९:१८ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments