Homeगृहपृष्ठविश्वकप प्रिभ्यू र रिभ्यू : हेविवेट टिम, खेलाडी RD Creation

विश्वकप प्रिभ्यू र रिभ्यू : हेविवेट टिम, खेलाडी RD Creation


–सगुन सुसारा
सन् २०२६ को विश्वकपको राउण्ड रोविनको पहिलो खेल सकिएको छ । यो सर्वविदित भए पनि मेरो मनले मानेका ‘हेविवेट टिम र खेलाडी’ को चर्चा गर्ने छु । अर्जेन्टिना, स्पेन, फ्रान्स, पोर्चुगल, इङ्ल्याण्ड, बेल्जियम, ब्राजिल, नर्वे, नेदरल्याण्ड, क्रोएसिया, जर्मनी, कोलम्बिया हेविवेट टिम हुन । यसो हेर्दा युरोप र अमेरिका (दक्षिण र उत्तर) महादेशको नै दबदबा रहेको देखिन्छ । एसियाबाट जापान, कोरियाको पनि सम्भावना आशा लाग्दो छ । अफ्रिका महादेशबाट सेनेगल, मोरोक्को र आइभोरी कोस्ट पनि सम्भावना भएका टिम हुन् ।

अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३ – ० ले हराउँदै हेविवेट टिमको नमुना प्रस्तुत गरेको छ । खेलमा राम्रो पकड राख्दै विपक्षीलाई दबाब दिइ रह्यो । मेसीको सब्स्टिट्युट पछि भने अर्जेन्टिना केही दबाबमा आएको थियो । स्पेन आफ्‌नो पहिलो खेलमा पहिलो पटक विश्वकप खेल्दै गरेको केप भर्डे (केबो भर्डे) सँग आश्चर्य जनक रुपमा गोलरहित बराबरीको रोकिन पुग्यो । यो कुनै फुटबल विश्लेषकले पनि कल्पना गरेको कुरा थिएन । यो खेलमा सबैको के प्रेडिक्सन थियो भने जर्मनीले पहिलो पटक विश्वकप खेल्दै गरेको कुरासाओ (कुराकाओ) लाई ७ – १ ले पराजित गरे जस्तै हुनेछ । तर स्पेन स्तब्ध भयो ।

पहिलो खेलमा जर्मनीले निकै फराकिलो गोल अन्तरमा विपक्षीलाई हराउन सफल भयो । यो राउण्ड रोबिनको पहिलो खेलको सबैभन्दा फराकिलो अन्तरको विजय हो । अप्रत्यासित नतिजाको क्रममा यति मै सिमित रहेन । पोर्चुगल जस्तो अहिले सबै पक्षमा सबै राम्रो भएको टिमलाई पनि पहिलो पटक विश्वकप खेल्दै गरेको डिआर कङ्गोले १ – १ को बराबरीमा रोकेर फुटबलमा सबै हेविवेट हुन भन्ने दरिलो प्रमाण पेश गर्‍यो ।
ब्राजिल, नेदरल्याण्ड, बेल्जियमले बराबरीबाट आफ्‌नो यात्रा शुरु गरे । कोलम्बियाले पहिलो पटक विश्वकप खेल्दै गरेको उजवेकिस्तानलाई ३ – १, इङ्ल्याण्डले क्रोएसियालाई ४ – २ हराउँदै र क्रोएसिया हार्दै अघि बढ्दैछन् । नर्वेले इराकलाई ४ – १ ले हराउँदै, फ्रान्सले सेनेगललाई ३ – १ हराउँदै र हार्दै, बेल्जियम इजिप्टसँग १ – १, नेदरल्याण्ड जापानसँग १ – १, ब्राजिल मोरोक्कोसँग १ – १ को बराबरीका साथ पहिलो खेल खेले ।
एसियाको जापानले युरोपको नेदरल्याण्डसँग २ – २ को बराबरी खेल्दै हामी पनि कम छैनौं भन्ने प्रमाण पेश गरेको छ । कोरियाले भने चेकिया (चेक) लाई २ – १ ले हराएर आफ्‌नो विश्वकप यात्रा शुरु गर्‍यो ।

अर्जेन्टिनका लियोनल मेसीले आफ्‌नो पहिलो खेलमा ह्याट्रिक गोल गरे । यो विश्वकपको पहिलो ह्याट्रिक थियो । यो सँगै विश्वकपमा सबैभन्दा धेरै गोल १६ गर्ने खेलाडीको सुचीमा जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरीमा दरिए । फ्रान्सका किलियन एमबाप्पेले पनि आफ्‌नो पहिलो खेलमा दुई गोल गर्दै विश्वकपमा १४ को आँकडा पुर्‍याए । नर्वेका अर्लिङ हालान्ड (हल्याण्ड) पनि पहिलो खेलमा दुई गोल गरे । इङ्ल्याण्डका ह्यारी केनले पनि दुई गोल गर्न सफल भए । ब्राजिलका नेयमार मैदानमै उत्रिएनन् भने भिनिसस् जुनियरले एक गोल गर्न सफल भए । स्पेनका लामिने यामल, फरान टोरेस, निको विलियम्स, रोड्रि, पेड्रिले कुनै गोल गर्न सकेनन् ।

सबै भन्दा ठूलो सरप्राइज पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले कुनै गोल गर्न सकेनन् । खेल अवधिभरमा यस्तो लाग्थ्यो टिम उनीसँग रिसाएका छन् र कुनै पास दिदैनन् । यो कोचको ट्याक्टिस् हो कि वास्तवकिता ? कोलम्बियाका जेम्स रोड्रिगेज, अर्जेन्टिनका जुलियन अल्भारेज, पोर्चुगलका ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भाहरु भने गोल बिहिन पहिलो खेल सके । कोरियाका सन ह्युन मिन पनि गोल बिहिन बने । जापानका ताकाफुसा कुबो, जुन्या इटोले पनि खेलमा गोल गर्न सकेनन् ।

कुनै कुरा राम्रो हुनु छ भने यसो भन्ने उखान खुब भन्ने गरिन्छ – मर्निङ सोज द डेज । अर्थात बिहानीले दिनको सङ्केत गर्छ । तर फुटबलमा त्यो लागु हुदैन क्यार ? २०२२ को विश्वकपमा अर्जेन्टिनाले हारबाट खेल शुरु गरेका अन्त्यमा जितेर देखाइ दियो । यस अर्थमा माथिको उखान मिलेन । यो विश्वकपमा पनि त्यो हुने सम्भावना प्रशस्त छ । पहिलो खेल नजित्ने टिम, पहिलो खेलमा गोल गर्न नसक्ने खेलाडीले पनि पछि हाइ स्कोरर बन्न सक्छ । सक्ने सम्भावना छ । जय फुटबल ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments