Homeगृहपृष्ठसबिन सिङ्तानको दोस्रो प्रस्तुति "काभ्रे कोर्बारी" सेलो गीत सार्वजनिक

सबिन सिङ्तानको दोस्रो प्रस्तुति “काभ्रे कोर्बारी” सेलो गीत सार्वजनिक

लनम तामाङ/ ०१ अगस्ट, मलेसिया। गायक तथा संगितकार सन्जिव वाइबा र चर्चित गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ सेलो डान्सिङ गीत “काभ्रे कोर्बारी” अडियो गीत आज सार्वजनिक भएको छ ।

सबिन सिङ्तानको शब्द रहेको यस गीतमा सन्जीव वाईबाले संगीत भरेको छ भने एरेन्ज नोर्बु शेर्पाले गरेको छ दिप स्टुडियोमा रेकर्डिङ गरेको उक्त अडियो गीत डम्फू मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सर्बजनिक भएको छ ।

बुबा दमाई सिँ तामाङ र आमा बिबि माया तामाङको कोखबाट २०५४ साल मा काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा न. ५ बोल्देमा जन्मेका सबिन सिङ्तानको आमा अहिले स्वार्गीय हुनु भयो तर आमाको कुनै चाहाना नभए पनि उहाँले नदेखे पनि जन्म दिएर हुर्काउनु भयो बढाउनु भयो बाबाले बढाउनु भयो पढाउनु भयो मलाई धेरै नै खुसी लागेको र अहिले गीत लेखन तिर लागेको छु गायन मोडल मा रुचि रहेको र भविष्यमा मोडलिङ पनि गर्ने सोच गरेको छ ।

सिङ्तानको पहिलो प्रस्तुति ” करुणाको गाला ” गीत लेखनबाट शुरूवात गरेको यात्रा निरन्तरता मा अहिले भर्खरै सार्वजनिक भएको “काभ्रे कोर्बारी” गीतलाई सबैले मन पराउनु हुन्छ भन्ने अाश राखेको बताउनु हुन्छ ।

गीत हेर्न यो लिंक क्लिक गर्नुहोस।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments