Tuesday, April 21, 2026
spot_img
Homeगृहपृष्ठसिद्धार्थले मनायो २७ औं स्थापना दिवस

सिद्धार्थले मनायो २७ औं स्थापना दिवस


बराहक्षेत्र-५ कालाबन्जरमा रहेको सिद्धार्थ मेमोरियल इङ्लिस स्कुलले आफ्नो २७ औं स्थापना दिवससँगै अभिभावक दिवस मनाएको छ ।

सो अवसरमा विद्यार्थीहरुले नृत्य , गायन, वक्तृत्व, कविता, मोडलिङ, नाटक लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

‘खुत्रुके’ नाटक, ‘म र मैले पढिरहेको स्कुल’ शीर्षकको प्राप्ति कार्कीको वक्तृता, सृष्टि थापाको ‘यदि म प्रदेश सभाका अध्यक्ष भएँ भने’ शीर्षकको वक्तृता, कृष्टिना खत्रीको वक्तृता,  किप्सिका बस्नेतको नृत्य साथै अभिभावकका लागि शिक्षिकाहरुले प्रस्तुत गरेको नृत्य मुख्य आकर्षणका रुपमा रहेको थियो । 

Siddharth School barahakshetra

प्रधानाध्यापक कृष्ण तामाङले आजसम्म यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु ९५ प्रतिशत सत्मार्ग रहेको बताए ।  ‘उनीहरुले हाम्रो शिर झुक्ने काम गरेका छैनन् बरु हाम्रो शिर उच्च हुने काम गरेका छन्,’  प्रअ तामाङले भने, ‘यस विद्यालयमा पढेका विद्यार्थीहरु डाक्टर, खेलाडी, इन्जिनियर, शिक्षकदेखि वकिलसम्म भएका छन् । एउटा विद्यालयको संस्थापक प्रिन्सिपल वा शिक्षकहरुको निम्ति योभन्दा अर्को खुसी के हुन सक्छ ?  मनिष साह विश्व हस्तलेखनमा प्रथम भएर यो स्कुलका नामलाई विश्वव्यापी रुपमा पुराएका छन् ।’ 

Prakash Dipsali school

प्रअ तामाङले संस्कारसहितको शिक्षासँगै सीपसहितको शिक्षालाई समेत जोड दिने योजना रहेको बताए । 

आफ्ना बालबालिकाको प्रतिभा हेर्न अभिभावकहरुको बाक्लो उपस्थिति रहेको शिक्षक प्रकाश दिप्साली राईले जानकारी दिए । कार्यक्रमको समुद्घाटन अभिभावक भोलामान श्रेष्ठले गरेका थिए भने ५० भन्दा धेरै विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

Facebook_creation_9686EAE1-E632-4A81-B30C-AC6EF229AB1D

कार्यक्रमलाई विद्यालयका शिक्षक दिप्सालीले सञ्चालन गरेका थिए । उपस्थित अभिभावक तथा अतिथिलाई शिक्षिका शारदा निरौला ‘शारु’ले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमका सभाध्यक्ष सोही विद्यालयका संस्थापक राजन कार्की रहेका थिए ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments