HomeEnglish Newsहलेसीमा आगलागी : नियन्त्रणका लागि दिक्तेलबाट टोली खटिँदै

हलेसीमा आगलागी : नियन्त्रणका लागि दिक्तेलबाट टोली खटिँदै

खोटाङको हलेसी बजारमा आगलागी भएको छ। 

स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट फैलिएको आगो निभाउन स्थानीयले प्रयास गरिरहेका छन् तर, आगो नियन्त्रणमा आएको छैन।

आगो थप दुई घरमा फैलिएको छ। आगलागीबाट पदम राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि पूर्ण रूपमा जलेको छ। 

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टका अनुसार आगो नियन्त्रणका लागि सदरमुकाम दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली जाँदैछ।

प्रकाशित: ४ फाल्गुन २०८१ २१:०० आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments