Sunday, April 19, 2026
spot_img
Homeगृहपृष्ठ७ औं स्याङ्जा महोत्सव फागुन ६ देखि « News of Nepal

७ औं स्याङ्जा महोत्सव फागुन ६ देखि « News of Nepal


स्याङ्जा। 

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै गरिमा बोकेको आँधीखोलाको काख पुतलीबजार नगरपालिका – १ मालेबगरमा यही फागुन ६ गते देखि १८ गतेसम्म सञ्चालन हुने ७ औं संस्करणको स्याङ्जा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । सातौं स्याङ्जा महोत्सवको मिति नजिकिदै गर्दा स्याङ्जा सदरमुकाम रंगीचंगी बनेको छ । बजार क्षेत्रमा तुल ब्यानरसहित ध्वजा पतकाले रङ्गिएका छन् । महोत्सव स्थलमा स्टेज तथा स्टलका सामान राख्ने कार्य सुरु भैसकेका छन् । 

खानेपानी तथा खेलमैदान ब्यवस्थापनका काम सुचारु भएका छन् । मुख्य बजारमा झिलीमिली ध्वजा पतकाले सजिएका छन् । महोत्सव आउन २ दिन बाँकी रहदा आयोजक स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले ९५ प्रतिशत तयारी पुरा भएको जनाएको छ । स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन, सम्बद्र्धन र बजारीकरण गर्ने उदेश्यले आयोजित स्याङ्जा महोत्सव फागुन ६ गतेदेखि १८ गतेसम्म संचालन गरिने भएको हो । महोत्सवको अन्तिम तयारीमा जुटेको आयोजकले ब्यवस्थित तथा सुरक्षित बनाउनेगरी तयारीलाई तिब्र बनाएको छ ।

स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान महोत्सवको मुख्यस्थल हो । प्रदेश स्तरीय कृषि, पर्यटन, अद्यौगिक व्यापार मेला २०८१ का रुपमा आयोजना गर्न लागेको महोत्सवको मुल नारा ‘स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ रहेको छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजकले जिल्ला स्थित जनप्रतिनिधि, राजनीतिक दलहरु, सुरक्षा निकाय, शिक्षालय, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था लगायत सम्बन्धित निकायसँग आवश्यक परामर्श एवं सल्लाह सुझाव बमोजिमका कार्यहरु अघि बढाएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा विद्यालय स्तरिय नृत्य प्रतियोगिता, भजन चुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता लगायतका प्रतियोगिता गरिने महासचिव रविन केसीले जानकारी दिए । महोत्सव प्रवेशका लागि १ सय रुपैंयाको टिकट दर तोकिएको छ । परिचयपत्रको आधारमा विद्यार्थीलाई ५० प्रतिशत छुट र अपांग तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा अशक्त र अपांगमैत्री संरचना पनि निर्माण भएको छ । महोत्सव मार्फत ८ करोड सम्मको व्यापारिक कारोबार र ३ लाख ५० हजार दर्शक भित्राउने लक्ष्य लिएको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments