सप्तकोशी नदीको बढ्दो कटानबाट जोखिममा परेको बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलंका टप्पु क्षेत्रमा कटान नियन्त्रणका लागि तत्काल आपतकालीन काम सुरु गरिएको छ।
नगर प्रमुख रमेश कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, उदयपुरको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की तथा स्थानीयवासीको संयुक्त समन्वयमा आवश्यक साधन र स्रोत परिचालन गर्दै कटान नियन्त्रण अभियान अघि बढाइएको हो।
नगर प्रमुख सचिवालयका अनुसार स्थानीय बासिन्दाको सुरक्षा र बस्ती संरक्षणलाई प्राथमिकतामा राख्दै जोखिमयुक्त क्षेत्रमा तत्काल आवश्यक सामग्री र जनशक्ति परिचालन गरिएको हो।
नदीको बहावलाई नियन्त्रण गर्दै थप क्षति हुन नदिन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी आवश्यक सबै उपाय अवलम्बन गरिने जनाइएको छ।
