25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeस्वास्थ्यNRNA कुवेतका अध्यक्ष र पत्रकार महासंघ कुवेतका निवर्तमान सचिव दुवैमा कोरोना पोजिटिभ,...

NRNA कुवेतका अध्यक्ष र पत्रकार महासंघ कुवेतका निवर्तमान सचिव दुवैमा कोरोना पोजिटिभ, सचेत रहन सबैमा आग्राह

राम्रो दृष्टि/ १३ अप्रील, कुवेत। गैर आवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसिमा कोरोना संक्रमण (COVID-19 POSITIVE) देखिएको छ। विगत ५ दिनदेखी शरीर दुख्ने, अत्याधिक ज्वारो आउने, श्वास प्रश्वासमा सामन्य समस्या हुने, नाक बन्द हुने तथा जिब्रोको स्वाद मर्ने जस्ता लक्षण देखिए पनि मौसम परिवर्तनका कारण हुन सक्ने भन्दै दुई सम्म कोठामा बसिरहेका थिए। निक्कै चापेपछी हस्पिटल गएर जाँच गराउँदा कोरोना संक्रमण पुष्टि भएको हो। उनको अवस्था निक्कै कमजोर भैसकेकोले हस्पिटलले दुई दिन सम्म हस्पिटलमा नै राखेर सामन्य उपचार गराएपश्चात आज घरमै आइसोलेशन बस्न सुझाव दिँदै आइसोलेशनका लागि आफ्नै घर फर्काएको छ।

NishanPhotos Barahakshetra -5 -

अध्यक्ष केसि लामो समयदेखी मुटुरोगी हुन। उनले पछिल्लो समय कुवेतमा बढेको कोरोनाले ठूलो रुप लिन सक्ने बताउँदै कुवेतमा रहेका सबै नेपालिहरुलाइ सचेत रहन आग्राह गरेका छन। हस्पिटलबाट फर्केपछी राम्रोदृष्टिसांग कुरा गर्दै “हस्पिटल जाँदा हस्पिटलमा समेत राख्न मान्दैन रहेछन। अत्यन्तै कृटिकल परिस्थितिमा रहेर भेण्टिलेशनबाट उपचार गर्नुपरे मात्र हस्पिटलमा राखेर उपचार गर्दोरहेछ। यस्तो खतरनाक रोग रहेछ।” उनले भने। उनले थप्दै “हामी नेपालिहरु अलि बेवास्ता बढी गर्छौँ। कसैले भनेको सुन्दैनौं। बिदा भयो कि साथिभाइ जमघट गर्न पुगिसक्छौँ। त्यसले आफैलाइ जोखिममा धकेलिरहेको हुँदोरहेछ। त्यसैले म सबैलाइ आग्राह गर्छु कि बाँचियो भने रमाइलो, जमघट साथिभाइ सबै पछि पनि गर्न सकिन्छ। तर यो प्राणघातक महामारिबाट आफू पनि बाँचौँ र अरुलाइ पनि बचाउँ। कसैले पनि हेल्च्यक्राईं नगरौँ।” उनको छाती सम्म इन्फेक्सन भैसकेकोले बढी सतर्क अपनाउँदै आइसोलेसन बस्न डाक्टरले उनलाइ सुझाव दिएको बताएका छन।

पछिल्लो समय कुवेतमा कोरोनाको निकै जोखिम बढेको छ। कोरोनाको जोखिम बढे संगै धेरै नेपालिहरु पनि संक्रमित बनेको हुन सक्ने आशंक गरिएको छ। त्यस्तै पत्रकार महासंघ कुवेतका निवर्तमान सचिव तथा NRNA कुवेतका सल्लाहकार आनन्द आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनले पनि एक दिन हस्पिटलमा बिताएको अनुभव सुनाउँदै कुवेतमा श्रम गरिरहेका सबै नेपालिहरुलाइ सचेत रहन आग्राह गरेका छन। आफू COVID-19 POSITIVE भएर बेहोर्नुपरेको असहजता त पिडालाइ मृत्यु संगको लडाइँको संज्ञा दिँदै यो अत्यन्तै कठिन परिस्थिति भएकोले यसबाट बच्न आग्राह गरेका छन। उनको स्वास्थ्य अवस्थामा केही सुधार हुँदै गरेको भए पनि केही दिन अगाडिको पीडा सम्झिँदा अझै डर लाग्ने अनुभव बाँडेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू