Skip to main content

Rd Creation

NRNA कुवेतको कार्यकाल २०२१-२३ का लागि सदस्यता खुल्ल, अधिवेशन २३ जुलाइमा

राम्रो दृष्टि/ १५ मे, कुवेत। गैरआवसिय नेपाली संघ (NRNA) रष्ट्रीय परिषद (NCC) कुवेतको अर्को कार्यकाल २०२१ देखि २०२३ को लागि सदस्यता फारम खुल्ला गरिएको छ भने आगामी २३ जुलाइ काद दिन अधिवेशन हुने भएको छ।। हिजो १४ मेइ शुकवारका दिन पत्रकार महासंघ कुवेतमा आवद्ध विभिन्न सञ्चार गृहका पत्रकारहरु संग NRNA कुवेतले जुम मार्फत अनलाइन भर्चुअल Press meet कार्यक्रम गरि कार्यकाल २१-२३ का लागि सदस्यता खुलेको घोषणा गरेको छ। NRNA कुवेत द्वारा आयोजना गरेको सो कार्यक्रममा पत्रकार महासंघ कुवेतका नव निर्वाचित कार्यसमितिसंग परिचयत्मक कार्यक्रम समेत रहेको थियो।

Advertisements

झन्डै साढे दुई घन्टा लामो कार्यक्रम NRNA कुवेतका महासचिव दिलकुमार पाख्रीनले सञ्चालन गरेका थिए भने उपस्थित सबैलाइ NRNA कै वरिष्ठ उपाध्यक्ष हरि लावतिले स्वागत मन्तब्य राखेका थिए। ICC सदस्य अमित राई, मध्येपुर्व महिला संयोजक सुमित्रदेवी पौड्याल र पत्रकार महासंघ कुवेतका अध्यक्ष नवराज पन्थिले मन्तव्य राखेका थिए। मन्तव्यमा महासंघका अध्यक्ष पन्थिले, NRNA को हरेक गतिविधिलाइ नजिकबाट नियाली रहेको र सहकार्य गर्नु पर्ने ठाउँमा सदैव तयार रहेको बताएका थिए। उनले NRNA को स्थापनादेखी अहिले सम्मकै राम्रो र मजबुत NRNA बनेको भन्दै यो कार्यकालमा NRNA ले गरेको कार्यहरुको प्रशंसा समेत गरेका छन।

कार्यक्रमका सभापति तथा NRNA कुवेतका अध्यक्षले सञ्चार बिना NRNA पनि अपुरा रहने हुँदा पत्रकार महासंघ र NRNA को सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताएका छन। उनले विगतमा महासंघ र NRNA को सम्बन्ध जे जस्तो भए पनि अबका दिनमा एक भएर नै समृद्ध समाज निर्माणका र श्रमिकको हकहितमा कार्य गर्नुपर्ने बताएका छन। उनले अर्को कार्यकाल २१-२३ का लागि ४५ दिनका लागि सदस्यता खुलाइएको र आगामी जुलाइ २३ मा विधान सम्मत अधिवेशन हुने कुरालाइ दोहोर्‍याएका थिए। अध्यक्ष केसिले नेपालको सबैखाले विपत्तिमा गैरआवसिय नेपाली संघले अहम भुमिका खेलिरहेको बताउँदै अहिलेको कोरोनाको विषम पर्स्थितिमा पनि अक्सिजन सिलिन्डर पठाउनको लागि आवस्यक रकम संकलनका लागि अभियान सुरु गरिएको र त्यसमा जोडिएर सहकार्य गर्ने सबै संस्था तथा ब्यक्तिहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए।

सरकारी नियोग र विद्यार्थी भिसामा आएका बाहेक अन्यले कुवेत आएर २ बर्ष पुगेका सबै नेपालिहरुले NRNA को सदस्यता लिन सक्नेछन। NRNA को वेबसाइट members.nrna.org मा गएर आफ्नो विवरण भरेर सिधै NRNA को सदस्यता बन्न सकिनेछ। आफुले भरेको विवरणहरु पूरा भएपछी NRNA को एडमिनले अप्रुभ गरेपछी मात्र आधिकारिक NRNA को सदस्य बनेको ठहरिनेछ। जसको लागि २ कुवेती दिनार सदस्यता दस्तुर राखिएको छ।

NRNA को press release जस्ताको त्यस्तै:

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.