25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठNRNA पञ्जिकृत सदस्यहरुलाई २०% सम्म छुट।

NRNA पञ्जिकृत सदस्यहरुलाई २०% सम्म छुट।

राम्रो दृष्टि/ ०७ अक्टोबर, कुवेत। NRNA कुवेतको नव निर्वाचित कार्यसमितिले नयाँ कार्यकाल २१-२३ का पञ्जिकृत सदस्यहरुले कुवेतका विभिन्न नेपाली रेस्टुरेन्टहरुबाट आकर्षक २०% सम्म छुट दिलाएका छन। NRNA कुवेतका उपसमिति ID SCHEME COMMITTEE का संयोजक केशर घलान तामाङ र NRNA कुवेतका अध्यक्ष रणध्वोज लामाद्वारा हस्ताक्षरित हिजो जारी गरेको Press release मा कुन कुन रेस्टुरेन्टले कति प्रतिशत छुट दिने भन्ने जानकारी गराएका छन।

उक्त प्रेस रिलिजका अनुसार डाम्पा लन्ज २०% हिमालयन हाउस १५% नमस्ते नेपाली रेस्टुरेन्ट २०% A One Nepali रेस्टुरेन्ट २०% र नेपाली फ्यामिली खाजाघरले २०% छुट्को लागि NRNA कुवेत संग MOU हस्ताक्षर गरेका छन।

नेपालमा विभिन्न हस्पिटल गरगहना पसल वेव डिजाइन जस्ता विभिन्न कम्पनिहरुले NRNA कार्ड होल्डरहरुलाइ छुट दिने गरेतापनी कुवेतमा NRNA कार्ड कुनै प्रयोगमा नभएको कारण यसको महत्त्व बढाउन यसपालिको नयाँ कार्यसमितिले नयाँ ढङ्गबाट काम गरिरहेको संस्थाका महासचिव दिलकुमार पाख्रीनले राम्रो दृष्टिलाइ बताएका छन। उनले अल मुजैनी एक्सचेञ्ज, मेट्रो मेडिकल र MEDX MEDICAL CARE संग समेत प्रोपोसल बुझाइ सकेको र NRNA कार्ड होल्डरलाइ छुट दिनेमा सकारात्मक रहेको बताएका छन। उनका अनुसार यहि महिनाको अन्त तथा आगामी महिनाको पहिलो हप्ताबाट सम्भवतः यी कम्पनिहरुसंग पनि MOU हस्ताक्षर हुनेछ। त्यस्तै गरि केही ट्राभल्स तथा सुपर मार्केटहरुमा समेत यो प्रोपोसल लिएर जाने तयारिमा रहेको उनले जानकारी गराएका छन।

NishanPhotos Barahakshetra -5 -

२००९ मा स्थापना भएपश्चात NRNA कुवेतले आज सम्म आइपुग्दा धेरै विवादहरु खेपिसकेका छन। २०१५-१७ को अर्जुन तामाङको नेतृत्वले केही सुधारको बाटो देखाएको NRNA ले २०१९-२१ सुजन केसिको नेतृत्व सम्म आइपुग्दा एउटा मार्ग निर्देशकको रुपमा देख्न सकिन्छ। गत जुलाइको २३ तारिक सम्पन्न नयाँ निर्वाचित कार्यसमितिले गरिरहेको कामहरु प्रसंशायोग्य रहेको छ। तर यो कार्यकालले आफ्नो कार्यकाल कसरी इन्डिङ गराउँछ हेर्न बाँकी छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू