22.1 C
Kathmandu
Tuesday, October 15, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठआदिवासी जनजाती आन्दोलनका अभियान्ता तथा मानव अधिकारवादी पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा...

आदिवासी जनजाती आन्दोलनका अभियान्ता तथा मानव अधिकारवादी पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन

आर डि क्रीएशन/ ०४ नोभेम्बर, कुवेत। जनजाती आन्दोलनका अभियान्ता, मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ । उनि मस्तिष्कघात सम्बन्धी काठमाडौ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनले आफुलाइ अस्वास्थ महसुस गरेपछी उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो । तुलाधरलाइ मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।

त्यस्तै उच्च रक्तचाप, मधुमेहको र पछिल्लो समयमा फोक्सोमा समेत समस्या देखा परेको थियो। सबै किसिमको रोगले एकैपटक आक्रामण गरेपछी उनको स्वास्थ्य स्थिती कमजोर बन्दै गएको थियो।

कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा तीन पटक डायलासिस गरिएको थियो । नर्भिकमा डा. पंकज जलानको टिमले तुलाधरको स्वास्थ्य जाँच गरिरहेको बेला आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।
तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ । तर अन्त्यस्टी कहिले गर्ने भन्ने खुलाइएको छैन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments