Wednesday, January 14, 2026
spot_img
Homeगृहपृष्ठकुवतको हवल्लीमा विशाल मदिरा कारखानामा छापा, ४ नेपाली पक्राउ

कुवतको हवल्लीमा विशाल मदिरा कारखानामा छापा, ४ नेपाली पक्राउ

राम्रो दृष्टि/ ५ सेप्टेम्बर, कुवेत। कुवेतमा मदिरा उत्पादन गरेको अभियोगमा ४ जना नेपालिहरु पक्राउ परेका छन। कुवेतको हवाल्लिमा ९ ओटा फ्लाटलाइ मदिरा उत्पादन गर्ने कारखानाको रुपमा सञ्चालन गरिरहेको पाइएको छ। उक्त क्षेत्रमा मदिरा उत्पादन गर्ने कारखाना छ भन्ने गोप्य सुचनाको आधारमा हवल्ली नगरपालिका र सुरक्षाकर्मिको संयुक्त अपरेशनमा घेरा हाली पक्राउ गरिएको खबर आजको अरव टाइम्स कुवेतमा छापिएको छ। पक्राउ परेका मध्ये एक जना नेपाली Most Wanted को सुचिमा रहेको समेत समाचारमा उल्लेख गरिएको छ।

घेरा हाली नियन्त्रणमा लिइएको नेपालीद्वारा सञ्चालित मदिरा कारखाना भित्र वरिपरि पुरै रक्सी पोखिएको, सयौं ब्यारेल मदिरा उत्पादनका लागि कच्चापदार्थ र बिक्री गर्न तयार गरिएका सयौं बोतल रक्सी बरामद गरिएको छ। पक्राउ पर्नेहरुको नाम नखुलाइए पनि पक्राउ परेका नेपालिहरुलाइ अनुसन्धानका लागि पठाइएको छ।

पछिल्लो समय नेपालिहरुद्वारा अवैध बसेर लागुऔषध ओसारपसार, मदिरा उत्पदन, तास जुवा खेलाउने, बेश्यलय सञ्चालन गर्ने जस्ता अनैतिक क्रीयाकलापहरु व्हात्तै बढेको पाइएको छ। यस्ता खाले कार्यले नेपालिको मान सम्मान र प्रतिष्ठामाथी नै आँच आइरहेको छ। यसको प्रत्यक्ष असर भावी पिढिलाइ समेत पर्न सक्ने देखिन्छ। यदि यस्ताखाले कार्यहरु यहि अनुपातमा बढ्दै जाने हो भने बाङ्लादेशलाइ जस्तै भिसा ब्यान्ड गरि कालो सुचिमा बस्न विवस हुनेछौँ। त्यसो हुँदा देशको साख त गिर्छ नै, मध्यपुर्वको एउटा राम्रो रोजगारिको गन्तव्य समेत समाप्त हुन सक्नेछन।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments