Sunday, November 9, 2025
spot_img
Homeगृहपृष्ठकुवेतमा एक नेपाली महिलाको निधन, बङ्गलादेशी नागरिकले हत्या गरेको आशंका

कुवेतमा एक नेपाली महिलाको निधन, बङ्गलादेशी नागरिकले हत्या गरेको आशंका

आर डि क्रीएशन/ ०५ अगस्ट, कुवेत। कुवेतमा नेपाली महिला घरेलु कामदारको मृत्यु भएको छ।मृत्यु हुने ०७६०३७१ नम्बरको नेपाली राहदानी वाहक ४२ बर्षिय मिनादेवी सार्की रहेको खुलेको छ। उनि बङ्लादेशी नागरिकसंग अवैध रुपमा लिभिङ टुगेदर रिलेशनमा रहेको र नेपालि महिलाको मृत्युपश्चात उनी फरार रहेको उनले नै हत्या गरेको आशंका गरिएको छ।

कुवेतको सिभिल आइडी नं. 278041806939 भएकी र घरेलु कामदार भए पनि मिना फरवानिया ब्लक -३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी सँगै बस्ने बंगलादेशी नागरिक फरार छन् भने फ्ल्याट धनीले प्रहरीलाइ खबर गरेपछि प्रहरीले मृतकको शरीर पोष्टमार्टम लगायतका फरेन्सिक परिक्षणको लागि लगिसकेको छ ।

घटनाको सम्बन्धमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा द्वित्तिय सचिव जानकी ओझाले मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको तर हत्या वा मृत्यु के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभएको छ। थप्दै वहाँले “कानूनी प्रकृया पश्चात पोष्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट प्राप्त भएपछि जानकारी हुन्छ। त्यसपछी सम्पुर्ण कागजात प्राप्त भएपछि मृतकको नेपालको घर ठेगाना पत्ता लगाइ जति सक्दो छिटो प्रकृया पुरा गरी शब नेपाल पठाउन पहल गर्नेछौँ।”

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments