Skip to main content

Rd Creation

कुवेतमा चार जना कलाकारहरुको साथमा जिवा ल्हो राष्ट्रिय सोनाम ल्होछार फेब्रुअरी ७ मा

आर डि क्रीएशन/ १८ डिसेम्बर, कुवेत। तामाङ भाषामा “ल्हो” भनेको वर्ग/बर्ष “छार” भनेको नयाँ ल्होछार अर्थात नयाँ बर्ष हो। ल्होछारको इतिहास निक्कै पुरानो छ। नेपालको सन्दर्भमा भन्दा तामाङ जातीलाई राज्यले पिछडाउँदै राज्यले जबर्जस्ती हिन्दु परम्परा लादेको कारण ल्होछार लोपोन्मुख बनेको छ। त्यतिमात्रै होइन, जबर्जस्ती हिन्दुत्व लादेपश्चात बिर्सिसकेको आफ्नो चाड मनाउनका लागि देशमा प्रचार प्रसार गर्ने माध्यमको पनि पहुँच कम भएकोले पछिल्ला केही बर्षबाट मात्रै ल्होछार धुमधामले मनाउन थालेका छन। ल्होछार खास गरेर तामाङहरुले सेतो टीका सहित मान्यजनबाट म्होलम (आशीर्वाद) लिएर टाढा टाढाका आफन्तहरुसंग पनि भेटघाट गरेर सबैले आ आफ्नो मान्यजनकहाँ गएर भेटघाट, टीका आशीर्वाद थापेर खप्स्यो (ल्होछारमा खाइने परिकार) खाएर रमाइलो गरेर मनाउँदछन। साँच्चिकै भन्ने हो भने नेपालका सबै जिल्लाका तामाङहरुलाइ ल्होछारको ईतिहास, ल्होछारको महत्त्व र कसरी मनाइन्छ भन्ने बारे अझै जानकारी नै छैन। त्यसैले पनि तामाङ जातिले अहिले यसलाइ प्रचार प्रसारको एक अभियानको रुपमा पनि मनाउने गरेका छन।

Advertisements

राज्यको सांस्कृतिक, धार्मिक, राजनैतिक, शैक्षिक तथा सामाजिक दमनबाट बल्ल टाउको उठाउँदै गरेका तामाङ जातिको भाषा, धर्म, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण तथा संवर्द्धन र तामाङ जातिलाइ सामाजिक, राजनैतिक, शैक्षिक तथा आर्थिक रुपमा सब्बल र तामाङ जातिको उत्थान गर्न आज भन्दा ६३ बर्ष पहिले २०१३ मा नेपाल तामाङ घेदुङको स्थापना भयो। नेपाल तामाङ घेदुङको सोही मुल्य र मान्यतालाइ समर्थन गर्दै नेपाल तामाङ घेदुङको जिल्ला तथा नगर घेदुङ गठन हुन थाल्यो। त्यस संगै बढ्दो वैदेशिक रोजगारिले पनि विश्वका विभिन्न देशमा नेपाल अधिराज्यको तामाङहरुलाइ एकीकृत गर्दै प्रवास संगठनहरु निर्माण हुन थाल्यो। त्यसै क्रममा कुवेतमा पनि आज भन्दा ९ बर्ष अगाडी सन २०१० मा नेपाल तामाङ घेदुङ कुवेत स्थापना भयो।

नेपाल तामाङ घेदुङ केन्द्रको मूल्य मान्यतालाइ शिरोपर गर्दै त्यसबाहेक नेपाल तामाङ घेदुङ कुवेतले दैवी प्रकोप, सामाजिक तथा मानविय कार्यहरुका लागि कुवेतमा स्थापित बिभिन्न सञ्चार गृह, सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक संस्थाहरु संग सहकार्य गर्दै आइरहेको छ। नेपाल तामाङ घेदुङ कुवेतले हरेक बर्षमा तीन ओटा महत्त्वपूर्ण कार्यहरु सोनाम ल्होछार, बुद्ध जयन्ती/ञुङ्ने र वार्षिकोत्सब मनाउने गर्दछ।

यसपाली पनि नेपाल तामाङ घेदुङ कुवेतले आगामी फेब्रुअरी ७ तारिकका दिन नेपालका अत्यन्तै ख्यातिप्राप्त चार जना अतिथि कलाकारहरुको साथमा जिवा ल्हो (मुसा वर्ग) ल्होछार मनाउने भएको छ। सो कार्यक्रम कुवेतको जिलिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको प्राङ्गणमा तय भएको छ भने अतिथी कलाकारहरु क्रमशः मिना लामा, अन्जु लामा, जोगलाल लामा र यु बि मोग्रेसा रहेको “बृहत राष्ट्रिय सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम २०२०” का संयोजक रेशम लामाले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

“भाषा, धर्म, संस्कार र संस्कृति हाम्रो पहिचान! घर घरमा ल्होछार मनाउने हाम्रो अभियान!!” भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै यो कार्यक्रम तय भएको उनले बताए। उनले थप्दै भने “तामाङ जातिको मौलिकतालाइ अलि बढी फोकस गरेर तामाङ जातिकै मौलिकता सम्बन्धी योगदान पुर्‍याइरहनुभएका कलाकारहरुलाइ हामिले स्थान दिएका छौँ। हाम्रो अभियान अलिक पृथक पनि भएकोले यश सम्बन्धी बढी जानकार कलाकारहरु हामिले छानेका हौँ।” संयोजक लामाले उक्त दिन कसैले पनि कार्यक्रम नजुधाइ कार्यक्रम हलमा उपस्थित भैदिनहुनका लागि कुवेतका लागि नेपाली दूतावास, एन आर एन, संचारगृहहरु, सक्रिय विभिन्न संघ संस्थाहरु एवं कुवेतमा श्रम गरिरहनुभएका श्रमजिवी दाजुभाइ दिदिबहिनिहरुलाइ अनुरोध गरेका छन।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.