Friday, April 17, 2026
spot_img
Homeगृहपृष्ठकाभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब हुँदै

काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब हुँदै

लनम तामाङ/ १८ डिसेम्बर, मलेसिया। रोजगारीको सिलसिलामा मलेसियालाई कर्मथलो बनाउँदै आएका काभ्रेलीहरुलाई एक ढिक्का बनाउँदै आएको काभ्रे कल्याणकारी समाज मलेसियाले आफ्नो प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब साथमा संस्कृतिक कार्यक्रम यहि आउँदो २६ जनवरी २०२० आइतबार मलेसियाको क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेपाली दुतवास मलेसियाका राजदुत महामहिम उदयराज पाण्डे ज्युको प्रमुख अतिथिमा अधिवेशन गर्न लागेको संस्थाका अध्यक्ष उर्गेन थोकारले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

“सम्पुर्ण काभ्रेली एक होअौँ” भन्ने मुला नाराका साथ काभ्रेलीहरुको छाता संगठन काभ्रे कल्याणकारी समाज मलेसियाले आफ्नो स्थापनाकाल देखि नै विभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ। काभ्रे कल्याणकारी समाज मलेसियाले मलेसियामा क्रियाशील संघ संस्थाहरूसँग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहँदै आएको छ। समाजले गृह जिल्ला तथा नेपाल अधिराज्यभरिकै नेपालिहरु जो मलेसियामा अलपत्र परेका छन, ती नेपाली श्रमिकहरूलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ |

समाजले मलेसियामा रहेका नेपालीहरुलाई मात्र नभएर काभ्रे जिल्लामा गरिबीको कारण उपचार गर्न नसकेका विभिन्न प्राण घातक रोगीहरूलाई तथा आपतकालीन पिडितहरूलाई समेत अर्थिक सहयोग गर्दै आइरहेको छ। काभ्रे कल्याणकारी समाज मलेसिया ०१ जनवरी २०१८ मा उर्गेन थोकारको संयोजकत्वमा स्थापना भएको हो ।

अध्यक्ष थोकरले कार्यक्रममा मलेसियामा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने बताउँदै कार्यक्रममा मलेसियामा रहनु हुने काभ्रे बासीहरू लगायत मलेसियामा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन आयोजकले अनुरोध गरेको छ ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments