Wednesday, January 14, 2026
spot_img
Homeगृहपृष्ठखुमन अधिकारिले कुवेतमा धुम मच्चाए

खुमन अधिकारिले कुवेतमा धुम मच्चाए

आर डि क्रीएशन/ ०६ जनवरी, कुवेत। अन्तर्राष्ट्रिय नेपाली जलाकार समाज कुवेतको पाँचौ वार्षिकोत्सव तथा अंग्रेजी नयाँ बर्ष सांगितिक धमाकाका लागि नेपालबाट आमन्त्रित अतिथि कलाकार खुमन अधिकारिले गत शुक्रबार भव्य सम्पन्न कार्यक्रममा धुम मच्चाएका छन। उनले नेपालमा केही बर्ष यता अत्यन्तै हिट भएका आफ्ना झन्डै ९ हजार गितमध्यका झन्डै एक दर्जनभन्दा बढी झ्याउरे, पन्चेबाजा, कौडा, लगाएतका सबै खाले गीत गाएर दर्शकहरुलाइ नचाएर धुम मच्चाएका थिए।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष डोलराज न्यौपानेको सभापति एवं नेपाली दूतावास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा भव्य सम्पन्न भएको सो कार्यक्रम सुदुर्पश्चिम सेवा समाज कुवेतका अध्यक्ष एवं साहित्यकार अमर खड्का र निरुमाया खड्काले संयुक्त रुपमा सञ्चालन गरेका थिए। कार्यक्रममा एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्र देवि पौडेल, पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, लालिगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतका अध्यक्ष माधाव पौडेल लगाएतले मन्तव्य राखेका थिए भने आयोजक संस्थाका उपाध्यक्ष कृष्ण सुनारले स्वागत मन्तव्य राखेका थिए।

महामहिम राजदूतलाइ बिदाई

कुवेतको हवाल्लिस्थित ब्वाइज स्काउट थिएटरमा झन्डै ५ सय नेपाली दर्शकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमाललाई बिदाइ गरिएको छ। आफ्नो ४ बर्षे कार्यकालमा कुवेतमा रहेका नेपालिहरुको अविभावकको रुपमा अहोरात्र खट्दै कुशलतापुर्वक कार्यकाल सम्पन्न गरेको भन्दै आयोजक संस्था तथा कुवेतका कार्यरत नेपालिहरुले महामहिम हमाललाइ बिदाइ गरेका थिए। हमालको कार्यकालमा नेपाली दूतावासद्वारा कुवेतका नेपाली समाजका धेरै समस्याहरुको समधान भएका छन।

फोटो हेर्नुहोस

https://m.facebook.com/story.php?story_fbid=2331752090444294&id=1778652889087553

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments