Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठतमू समाज कुवेतको पहलमा कुवेती नागरिकलाई ९ युनिट AB- ब्लड उपलब्ध

तमू समाज कुवेतको पहलमा कुवेती नागरिकलाई ९ युनिट AB- ब्लड उपलब्ध

आर डि क्रीएशन/०६ अगस्ट, कुवेत। “रगतदान जीबनदान” मुल नाराका साथ तमु समाज कुवेतले हरेक बर्ष सेन्ट्राल ब्लड बैंकको सहकार्यमा नेपाली समाज कुवेतद्वारा स्वेच्छिक रक्तदान गरिरहेका छन। केही महिना अघि मात्रै पनि रक्तदान कार्यक्रम सयौँ जनाले रक्तदान गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेका छन। तमु समाजको सेन्ट्राल ब्लड बैंकसंग सिधा निकट सम्बन्ध रहेकोले तमु समाजकै पहलमा थुप्रै विभिन्न देशका नागरिकहरुलाइ आवस्यक रक्त उपलब्ध हुने गरेको छ। पछिल्लो समयमा कुवेती नागरिकलाई समेत ९ युनिट रक्त उपलब्ध गराएको समाजका पुर्वाध्यक्ष एवं वर्तमान सल्लाहकार खोप गुरुङले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

कुवेत सरकारले कुवेती नागरिकलाइ अत्याधिक सेवा सुविधा दिइरहेका छन। तर पनि एक जना कुवेती नागरिले आफुले चाहीएको समयमा आवस्यक ब्लड उपलब्ध नभएपछी आफ्नो जीवन मरणसंग लडिरहेका थिए। चाँडो रगतको प्रबन्ध मिलाउन सके बिरामीलाई सकुसल राख्न सकिने डक्टरको सल्लाह अनुसार कुवेतमा कार्यरत नेपाली समाजसेवी केदार नाथ खरेल र गौतम अमागाईंको कुवेती सँग राम्रो पहिचान भएकोले केदारनाथ खरेल र गौतम अमागाईं उक्त कुवेती नागरिकलाई आवस्यक ब्लडका लागु तमू समाज कुवेतको संपर्कमा आइ पुगे। बिपत्ती बुझे पछी समाजका पुर्वाध्यक्ष खोप गुरुङद्वारा तत्कालै सेन्ट्रल ब्लड बैंक जाब्रियासँग समन्वय गरी तत्कालका लागि बिमारी कुवेती नागरिक khalid fahalid al gharib लाई ९ युनिट AB- ब्लडको प्रबन्ध मिलाएका छन।

ब्लड बैंकको नियम अनुसार एकजना बिरामिलाइ दुइ युनिट भन्दा बढी ब्लड उपलब्ध गराउन सकिँदैन यद्यपि समाजका सल्लाहकार खोप गुरुङको अनुरोधमा उक्त बिरामिका लागि ९ युनिट ब्लड उपलब्ध गराएको थियो। त्यस पस्चात उहाँको Adan Hospital मा अपरेशन सफल भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो। तपाईं हामीले स्वेच्छिक रुपमा दान गरेको रगतद्वारा आज एक कुवेती नागरिकले पुनर्जीवन पाएको छ। यो भन्दा पहिले पनि समाजको पहलमा सात जान भन्दा बढीलाई ब्लड उपलब्ध गराएको गुरुङले जानकारी दिएका छन।

अन्तम सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु तमू समाज कुवेत परिवार र ब्लड उपलब्ध गराउन हुने समाजका सल्ल्हाकार खोप गुरुङ लगयत केदारनाथ खरेल र गौतम अमागाईँलाई कुवेती नागरिकले बिशेष धन्यवाद ज्ञापन गरेका छन।

तमु समाज कुवेतले पनि तमु समाजको रक्तदान अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष साथ दिँदै आफ्नो अमुल्य रक्तदान गर्नुहुने तथा उक्त अभियानका स्वयंसेवक, सहकार्य गर्नुहुने संघ संस्था, विभिन्न सहयोगी ब्याक्तित्वहरु सबैलाइ धन्यवाद ज्ञापन गरेका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments