24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठदुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते RD Creation

दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते RD Creation


बारा : जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।

जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले बताएका छ्न्। घाइतेहरूलाई उद्धार गरेर ९ जनालाई हेटौंडाको सहकारी अस्पताल र १० जनाको विरगन्जको ब्योध्या अस्पतालमा पुर्याइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments