24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठपाँचथरमा एन्फा रेफ्रीङ कोर्ष सुरु RD Creation

पाँचथरमा एन्फा रेफ्रीङ कोर्ष सुरु RD Creation


पाँचथर । पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रीङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रीङ कोर्षको आयोजना गरेको हो ।

आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा पाँचथरबाट २२ जनाको सहभागिता रहेको छ । कोर्षमा २ जना महिलाको सहभागिता रहेको छ ।

प्रशिक्षण दौरान प्रशिक्षार्थीलाई फिफाको लज अफ दि गेमको ज्ञान दिईने छ भने फिटनेश सम्बन्धि प्रशिक्षण गराईने छ । उक्त दुवै परिक्षामा उत्तिर्ण हुनेलाई एन्फा रेफ्री ब्याच प्रदान गरिने छ ।

उक्त कोर्षको टेक्निकल सम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री मधुसुधन खनाल, रोजीन श्रेष्ठ, सचिन अमात्यले दिने छन् भने फिटनेश सम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री शैलेस जोशी र रोजीन श्रेष्ठे दिने छन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments