पाँचथर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचथर सदरमुकाम फिदिम आउने भएका छन् । यही बैशाख २५ गते हुने माओवादी केन्द्रको खबरदारी सभामा सम्बोधनको लागी प्रचण्ड पाँचथर आउन लागेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पाँचथर इन्चार्ज इन्द्रबहादुर आङबोले जानकारी दिए । नेकपा माओवादी केन्द्र पाँचथरले मंगलबार फिदिममा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिएको हो ।
सरकार बिचैलीयाहरुको इशारामा चलेको , भ्रष्टचार बढेको , सुशासन कायम गर्न नसकेको , प्रतिगामि तत्वहरुले प्रहार गर्न थालेकाले खबरदारी सभा गर्नु परेको आङबोले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले २५ गते नेकपा माओवादी केन्द्रको खबरदारिसभामा सम्बोधन गर्ने र उक्त सभामा करिब १० हजार कार्यकक्ताहरुको सहभागिता रहने नेकपा माओवादी केन्द्र पाँचथरले जनाएको छ ।
खबरदारि सभाको सम्पुर्ण तयारी पुरा भएको माओबादीले जनाएको छ ।
