Homeगृहपृष्ठप्रतिनिधि सभा चुनावमा पाँचथरमा उठ्यो नयाँ उम्मेदवारको चर्चा RD Creation

प्रतिनिधि सभा चुनावमा पाँचथरमा उठ्यो नयाँ उम्मेदवारको चर्चा RD Creation


पाँचथर  ।   आगामी प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा नयाँ उम्मेदवारको प्रवेश र चुनावी प्रतिस्पर्धाले चर्चा बढाएको छ। एमालेतर्फ आशा रत्न जबेगु र पृथ्वी लावती, कांग्रेसतर्फ नरेन्द्र कुमार केरुङ, रुपनारायण जबेगु, लगायतका नाम चुनावी दाबेदारको रूपमा चर्चामा छन्।

निबर्तमान सांसद नेकपा एमालेका नेता बसन्त कुमार नेम्बाङ स्वास्थ्य कारणले चुनाव लड्न असमर्थ भएका कारण एमालेले नयाँ उम्मेदवार अघि बढाउने तयारी गरेको छ।

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई प्रत्यक्षतर्फ १ नम्बरमा सिफारिस गरेको भए पनि, उनी समानुपातिक बन्दसूचिमा परेका कारण प्रत्यक्षतर्फ नयाँ अनुहार आउने पक्का भएको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले हर्क बहादुर नेम्बाङलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ। उनी पनि पहिलो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा हुनेछन्। यसअघि नेकपा माओवादीले उम्मेदवार बनाउने निर्णय गरेको भए पनि एमाले–माओवादी एकीकरणपछि उक्त निर्णय स्थगित भएको थियो।

त्यस्तै, रास्वपा, उज्यालो नेपाल, परिवर्तन पार्टी र राप्रपा जस्ता अन्य दलले पनि उम्मेदवार चयन गर्न बाँकी छ।

गत निर्वाचनमा भीष्मराज आङ्देम्बे एमालेका वसन्त नेम्बाङसँग केवल ४७ मतले पराजित भएका थिए। यस पटक प्रतिस्पर्धा अझै कडा हुने र नयाँ अनुहारले चुनावी माहोललाई थप रोचक बनाउने सम्भावना रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments