Skip to main content

Rd Creation

मृतक भनी समाचारमा राखिएको फोटो गलत भएपछी मिडिया प्रतिनिधिहरुले माफि मागे!

आर डि क्रीएशन/०७ अगस्ट, कुवेत। विगत केही दिनयता “कुवेतमा एक जना नेपाली घरेलु कामदारको मृत्यु, विदेशी नागरिकद्वारा हत्या भएको आशंक” भन्ने शिर्षकमा लेखिएका समाचारहरुले चर्चा पाएका छन। भन्ने नै हो भने त्यो शीर्षक कुवेतका नेपाली समाजका नेपालिहरुका लागि फेसबुकमा स्ट्याटस लेख्न खुराक नै बनेको छ। तर कुवेतबाट सञ्चालित केही मिडियामा सम्प्रेषित उक्त समाचारको फिचर फोटो मृतक भनिएकी मिनादेवी सार्किको नभई जिवितै काम गरिरहेकि नेपाली महिलाको रहेको खुले पश्चात् त उक्त फोटोले सबैको फेसबुक नै रङ्गिविरङ्गी भएको छ। पत्रकारितामा यो गम्भीर त्रुटि हो। यो त्रुटिको आत्मालोचना गर्दै मृतक भन्दै फोटो सम्प्रेषित भएकी महिलालाइ उनकै कार्यलयमा पुगि मिडिया प्रतिनिधिहरुले माफी मागेका छन।

Advertisements

मृतकको भनी राखिएको फोटो जिवितै मान्छेको परेको थाहा पाउँदा अत्यन्तै ठूलो भुल भएको भन्दै मिडिया प्रतिनिधिहरुले सामुहिक रुपमा पिडित संग माफी मागेका हुन। पिडितले भने आफू जिवितै हुँदा हुँदै अर्कैको नाम संग जोडेर मृतक बनाइ आफ्नो फोटो भाइरल हुँदा आत्मसम्मानमा ठूलो चोट परेको र नेपालमा परिवार समेत तनावमा रहेको भन्दै दुखेसो पोखेकी थिइन। उनले आइन्दा यस्ता गलती नदोहोर्‍याउन सुझाव दिँदै सामाजिक सञ्जाल र विभिन्न संचार माध्यममा राखिएको तस्विर हटाइदिन समेत सबैलाइ अनुरोध गरेकी छिन।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.