Skip to main content

Rd Creation

हत्या गरि हत्यारा फरार भएको पिडित परिवारलाइ तमु समाज कुवेतको आर्थिक सहयोग

आर डि क्रीएशन/४ नोवेम्बर, कुवेत । आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेतद्वारा तमु समाज कुवेतका सल्लाहकार शुकबहादुर गुरुङकी ममतामयी आमाको अज्ञात समुहद्वारा हत्या गरि नगद तथा गरगहना लुटेर भागेपछी पिडित परिवारलाइ नेपाली रु ७९ हजार ८९४ आर्थिक सहयोग गरेको छ।
उक्त सहयोग समाजका सदस्यहरु द्वारा संकलन गरी पीडित सल्लाहकार शुक बहादुर गुरुङको परिवारलाई प्रदान गरिएको हो ।

Advertisements

माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ८ नयाँ पूल, कास्की निवासी सल्लाहकार शुक बहादुर गुरुङकि ७९ बर्षिया ममतामयी आमा कौशिला गुरुङलाई १२ कार्तिक २०७५ सोमबार तदनुसार २९ अक्टोबर २०१८ को राती घरमा अन्य कोही नभएको मौका छोपी हत्या गरी गर गहना, धनमाल चोरेर हत्यारा फरार भएको थियो । हाल स्थानिय प्रशासन द्वारा हत्याराको खोजी कार्य भै रहेको जनाईएको छ ।

आमा कौशिला गुरुङको हत्या पश्चात भावह्यिल बनेका शोकाकुल परिवारलाई धर्य धारण गर्न शान्तवना स्वरुप एवं मृतक आमाको आत्मालाई शान्तीका साथ स्वर्गमा वास मिलोस भनी कामना गर्दै हार्दिक श्रदाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको थियो ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.