Friday, April 17, 2026
spot_img
Homeगृहपृष्ठउदयपुरमा प्रहरी र स्थानियाबिच झडप, ४ जना घाइते

उदयपुरमा प्रहरी र स्थानियाबिच झडप, ४ जना घाइते

उदयपुर- उदयपरको कटारी नगरपालिका वडा नं. ४  मा स्थानीय र प्रहरीबीच झडप भएको छ ।  कसमस सिमेन्ट उद्योगको चुनढुंगाको विषयलाई लिएर विवाद हुँदा कटारीको मरुवा खोलामा प्रहरीले महिलामाथि हातपात र लाठ्ठी चार्ज गरेको  स्थानीयको आरोप छ ।   ध्रुवकुमार श्रेष्ठको कमाण्डमा रहेको टोलीले स्थानीय महिलामाथि हातपात गरी लाठी चार्ज गरेको स्थानीय रिसव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गएको तीन चार दिनदेखि कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो, । ‘स्थानीयले रोकेर राखेको टिप्पर खुलाउन गएको प्रहरीले स्थानीयलाई मार्ने धम्की दिँदै लाठी चार्ज गरेको हो ।’

प्रहरीको लाठी लार्जले कटारी नगरपालिका ४ मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताउनुभयो । ‘प्रहरीले रक्सी खाएर शनिबार राति रोकेको टिप्पर खुलाउने वाहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाएको उहाँले बताउनुभयो ।

प्रहरीले शरीरका विभिन्न भागमा हिर्काउनुकासाथै उनीहरुको कपडासमेत च्यातिदिएको र  गालीगलौज गरेको घाइते राधिका राउतले बताउनुभयो । ‘हामीले आइतबार बिहान छलफल गरेर मात्र टिप्पर सञ्चार हुन दिने भनेका थियाँै, तर प्रहरीले जिल्लाको आदेशभन्दै लाठी चार्ज गर्यो उहाँले भन्नुभयो ।

इलाका प्रहरी कार्यलयका डिएसपी ध्रुवकुमार श्रेष्ठले चुनढुंगाको टिप्पर संचालनमा रोक लगाउँदै एउटा भीड जम्मा भएको थियो त्यही भीड खुलाउने क्रममा लाठी चार्ज गर्नुपरेको र केही महिलाहरु घाइते भएको स्वीकार्नुभयो ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले आफूलाई विवाद नै थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभया, ‘मैले त्यहाँका वडा अध्यक्षले भनेपछिमात्रै थाहा पाएँ, राति प्रहरीले लाठी चार्ज गरेर एसपीको आदेश भन्नु सरासर गलत हो ।’

उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आफूलाई घट्नाको बारेमा थाहा नभएको जानकारी  दिनुभयो । झडपमा घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन् भने अन्य ४० जना महिला भागदौडमा सामान्य घाइते भएका छन् ।

कटारीदेखि १० किलोमिटरको दूरीमा रहेको वडमीमा कसमस सिमेन्टको चुनढुंगा खानी छ त्यहीाबाट कसमस सिमेन्ट उद्योगले चुनढुंगा ढुवानी गर्छ । दिनदिनै टिप्परको आतंक बढेपछि  स्थानीयले नगरपालिकामा उजुरी दिएका थिए ।

टिप्पर संचालनका लागि वैकल्पिक सडक प्रयोग गर्ने भनिएको थियो । उहाँले भन्नुभयो प्रहरीको बलमा स्थानीयलाई पेल्न खोज्दा भडप भएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

साभार: उज्यालो अनलाइन

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments