Friday, April 17, 2026
spot_img
Homeगृहपृष्ठनेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी...

नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी पूरा

आर डि क्रीएशन/१८ डिसेम्बर, कुवेत। “नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालिहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनको तयारी सम्पन्न भएको छ।

आगामी २७ डिसेम्बर २०१९ का दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा तय भएको कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आर डि क्रीएशन संगको कुराकानिमा तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन २०१९ कार्यक्रमका कार्यक्रम संयोजक हिमाल लामाले बताएका छन।

कार्यक्रममा स्थानिय कलाकारहरुद्वारा संगितिक प्रस्तुतिहरु पनि प्रस्तुत गर्ने भएको छ। साथै ताल्या ट्याक्सिको तर्फबाट लक्की ड्र पनि रहेको संयोजक लामाले बताएका छन। उनले भने “लक्की ड्र मा जो कोहि पनि कार्यक्रममा उपस्थित भएकाहरु समावेश हुन सक्नेछन। ताल्या ट्याक्सिको एउटा काउन्टर रहनेछ। त्यहाँ गएर Al talyaa ट्याक्सिको एप्लिकेसन डाउनलोड गरेवापत नम्बर प्राप्त गर्नेछौँ। उक्त नम्बर लक्की ड्र मा समावेश हुनेछन।” लक्की ड्रमा एउटा मात्र पुरस्कार रहेको समेत उनले जानकारी दिएका छन।

कार्यक्रमको लागि कुवेतका कृयाशिल सबै संघ संस्था, संचार माध्यम तथा बुद्धिजीवी वर्गहरुलाइ पत्रचार भैसकेको भएता पनि कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी उपस्थितिका लागि संयोजक लामाले अनुरोध गरेका छन।

पुनश्च
कार्यक्रम: तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन
स्थान: युनिक अडिटोरियम हल फर्वानिया कुवेत
मिति: २७ डीसेम्बर २०१९
समय: मध्यन्ह ठिक १२ बजे
आयोजक: नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेत।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments