Sunday, April 26, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरमा पत्रकारको निवासमै पसेर अज्ञात समूहको कुटपिट RD Creation

पाँचथरमा पत्रकारको निवासमै पसेर अज्ञात समूहको कुटपिट RD Creation


पाँचथर । गएराति फिदिम नगरपालिका–११, नांगिनमा नेपाल प्रेस युनियन पाँचथरका सल्लाहकार तथा केञ्जो खबर अनलाइनका अध्यक्ष विष्णु अधिकारीको निवासमा अज्ञात समूह प्रवेश गरी कुटपिट तथा हिंसात्मक आक्रमण  भएको छ।

नेपाल प्रेस युनियन पाँचथरले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आक्रमणको पृष्ठभूमि हालसम्म स्पष्ट नभए पनि नागरिकको घरमै पसेर सामूहिक कुटपिट गर्नु गम्भीर अपराध भएको युनियनको ठहर छ। यस्ता घटनाले नागरिकको जिउ–धनको सुरक्षा, कानूनी शासन र न्यायिक प्रक्रियाप्रतिको विश्वासमा चुनौती सिर्जना गर्ने साथै स्थानीय समुदायमा त्रास फैलाउने खतरा रहेको प्रेस युनियनले जनाएको छ।

घटनामा सुभद्रा अधिकारी, कृष्ण अधिकारी, अईन्द्र अधिकारी र विष्णु अधिकारी घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। प्रेस युनियन पाँचथरले दोषीहरूलाई छिटो पहिचान गरी कडा कानूनी कारबाही गर्न, साथै जिल्लामा शान्ति–सुरक्षा प्रभावकारी बनाउन नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायसँग माग गरेको छ।

युनियनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्बन्धित निकायलाई प्रभावकारी उपचार व्यवस्था सुनिश्चित गर्न विशेष ध्यानाकर्षण गराएको छ।

 विष्णु अधिकारी तिम्बुपोखरी मिडिया एण्ड इभेन्टद्वारा सञ्चालित जिल्लाकै लोकप्रिय केञ्जो खबर डटकमका अध्यक्षसमेत हुन्।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments