HomeEnglish Newsसुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। 

गत वर्ष ३१ चैत्रमा सुन एक लाख ८६ हजार पुगेर रेकर्ड बनेको थियो। नयाँ वर्षमा केही घटे पनि आज फेरि सुन अहिलेसम्मकै सर्वाधिक पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइ रहेको छ ।

प्रकाशित: ३ वैशाख २०८२ १०:३९ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments