नेपाल–भारत सीमा कार्यदलको सातौं बैठक नयाँ दिल्लीमा सम्पन्न

Rd Creation

काठमाडौं, २०८२ साउन १३ – नेपाल र भारत बीचको सीमा सम्बन्धी कार्यहरू समीक्षा गर्न गठित सीमा कार्यदल (Boundary Working Group - BWG) को सातौं बैठक आज नयाँ दिल्लीमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सर्वेक्षण विभागको महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको सर्वेयर जनरल हितेश कुमार एस. मकवानाले गरेका थिए।


स बैठकमा सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैठौं BWG बैठकको निर्णयहरूको कार्यान्वयन र सन् २०१९ सेप्टेम्बरमा देहरादूनमा भएको ११औं सर्वे अधिकारी समिति (SOC) को प्रगतिको समीक्षा गरियो। साथै, नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको

निरीक्षण, मर्मतसम्भार र देखभालका लागि अद्यावधिक प्रक्रिया स्वीकृत गरिएको छ। यसैगरी, सर्वेक्षण र मानचित्रण क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरेर BWG र यससँग सम्बन्धित प्रक्रियाहरू अझ प्रभावकारी बनाउने आवश्यकतामा दुबै पक्ष सहमत भएका छन्।

बैठकको समापनमा सहमत प्रतिवेदनमा हस्ताक्षर भएको छ। दुबै पक्षले अर्को SOC बैठक अगष्ट २०२५ मा नेपालमा र अर्को BWG बैठक नेपालमा नै दुबै पक्षको सुविधानुसार मिति तोकेर गर्ने सहमति जनाएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया