थाई–कम्बोडियन सीमामा भएको भीषण झडपमा कम्तीमा ११ जना सर्वसाधारण र एकजना सैनिकको मृत्यु भएको छ। मृत्यु भएका सबै थाई पक्षका रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनामा दर्जनौं नागरिक घाइते भएका छन् भने सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सयौं परिवारहरू सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। झडपको कारणबारे यकिन जानकारी आइसकेको छैन तर सीमाको अधिकार विवाद र गस्तीका क्रममा उत्पन्न तनावले स्थिति बिग्रिएको अनुमान गरिएको छ।